काठमाडौं – वर्ष २०२१ का अभिनेता सिद्धार्थ शुक्लाले दुनियाँलाई ‘गुडबाई’ भने। उनको निधनले सम्पूर्ण बलिउड स्तब्ध बन्यो। सिद्धार्थका प्रशंसक, परिवार र साथीहरु सबै भावविह्वल भए। उनको निधनले उनकी प्रेमिका शेहनाज गिल निकै मर्माहत भइन्। उनको अवस्था एकदमै नाजुक भयो।
लामो समयसम्म आराम गरेकी शेहनाज हालै काममा फर्किएकी छिन्। हालै शेहनाजको एक भिडियो सार्वजनिक गरेकी छिन्। सिद्धार्थलाई सर्मपित गरिएको उक्त भिडियोले धेरैलाई रुवायो। धेरैले उक्त भिडियोमा प्रतिक्रिया पनि दिएका छन्।
यसैबीच उक्त भिडियो हेरेर अफगानिस्तानका क्रिकेटर राशिद खान पनि भावुक भएका छन्। राशिदले उक्त भिडियोको क्याप्सनमा लेखेका छन्, ‘भगवानले तपाईलाई शक्ति दिउन्…’
राशिदले शेहनाजलाई इन्स्टाग्राममा पनि फलो गरेका छन्। उनी शेहनाजको पोष्लाई लाइक पनि गर्छन्। तर शेहनाजले हालसम्म उनलाई फलोब्याक गरेकी छैनन्। यसअघि राशिदले आफूलाई मनपर्ने बलिउड अभिनेत्रीमा अनुष्का शर्माको नाम लिएका थिए।







प्रतिक्रिया