जब आफै संक्रमित भएको समाचार लेखेँ…


कोरोना पोजेटिभ आउँदैमा आत्तिई हाल्नु पर्दैन। यसका लागि अहिलेसम्म कुनै खोप र उपचार पद्धति पनि त छैन। अस्पताल नै भर्ना भए पनि लक्षणका आधारमा उपचार गर्ने हो। यो भाइरस शरीरमा प्रवेश गरेपछि शरीरलाई कमजोर त बनाउँछ नै। तर, भाइरसले कमजोर बनायो भनेर आफू पनि कमजोर बन्नु भएन। जसरी हुन्छ यो भाइरसलाई जित्छु भनेर लाग्नुपर्छ। सामान्य रुघाखोकी लाग्दा त केही खान मन लाग्दैन भने यो भाइरस शरीरमा प्रवेश गरिसकेपछि त झन, खान मन नलाग्ने, स्वाद हराउने, शरीर थाकेको महसुस हुने, स्वासप्रस्वासमा गाह्रो हुने हुन्छ। तर, आत्तिएर मलाई कोरोना लागेको छ। अब सञ्चो हुँदै भन्ने सोचाई दिमागबाट हटाउनु भयो भने तपाईलाई चाँडै निको हुन नि मद्दत गर्छ। सधैँ पोजिटिभ कुराहरू सोच्ने गरौँ। मृत्यु भएकाहरूलाई भन्दा पनि निको हुनेको संख्या हेरौं। आज हामी मात्र कोरोना पोजिटिभ हैन, संसारका ३ करोड ८० लाखभन्दा धेरै कोरोना संक्रमित भएका छन्।

तर, कोरोनालाई सामान्य भनेर कसैले नसोचौं। मलाई कोरोना पोजिटिभ भएको म‌ंगलबार चार दिन भयो। कोरोना भाइरसबारे मलाई धेरै कुरा पनि थाहा थियो। तर, कहाँबाट आफू नै पोजिटिभ हुन पुगे। रिपोर्ट पोजिटिभ भनेर एसएमएस आउँदा मन एकदम आत्तियो। घरमा होस्, अफिसमा होस्, मास्क सेनिटाइजर लगाएन भनेर सबैलाई गाली गरिरहन्थ्थे। सबै जना बाहिर गएर रिपोर्टिङ गर्दा म सधैँ जुमको प्रयोग गर्थें। आफू सजक र सतर्क पनि थिए खोई कसरी लाग्न पुग्यो। चीनको वुहानमा कोरोना भाइरस देखिन थालेबाट नै रिपोर्टिङ गरेको।

नेपालमा माघ १० गते चीनको वुहानबाट आएका ३२ वर्षीय धनुषाका एक युवकमा कोरोना पोजिटिभ पुष्टि भनेर समाचार लेखेकी थिएँ। यसँ दाैरान समाचार लेख्दा–लेख्दै १ लाख ६ हजारभन्दा बढी संक्रमित पुष्टि हुँदा आफू पनि त्यसभित्र समावेश हुन पुगे छु। म आफू संक्रमित पुष्टि भएको दिन नेपालमा सबैभन्दा धेरै अहिलेसम्मकै ५ हजार ८ जना संक्रमित थपिएका थिए। म आफैले त्यो समाचार लेखेकी थिएँ। तर, मलाई थाहा थिएन, म आफै पनि हुँ भनेर। रिपोर्ट पोजिटिभ त आयो, घरमा पनि यस्तो भयो भनेँ। सबैले सम्झाउनु भयो।

अहिलेको परिस्थिति नै यस्तै छ, जुनसुकै बेला हुन सक्थ्यौं, तिमी पोजेटिभ आज भयो त आत्तिनु पर्दैन निको हुन्छ। केही राहत त पक्कै मिल्यौं। तर, मलाई थाहा थियो, कोरोना एकपटक लागेपछि यसले विभिन्न किसिमका स्वास्थ्य समस्याहरू निम्त्याउनुका साथै, दीर्घकालीन असर फोक्सो ड्यामेज गराउने, मुटुमा असर गरी हृदयघात गराउने, सुन्ने शक्तिमा असर गर्ने जस्ता समस्याहरू गराउँछ। अनि यसै पनि मन आत्तिन्थ्यो। मलाई जे पायो त्यही मन नपर्ने, अब कसरी यसलाई परास्त पार्ने होला? अरुलाई जस्तै मलाई पनि स्वासप्रस्वासमा असर गरी आइसियु भेन्टिलेटरमा त बस्नु पर्ने हैन?

मलाई न निको नै न हुने पो होकि एक्लै भएपछि यस्ता कुराहरूले धेरै सताउने। अनि आफैले आफैलाई सम्झाउने कोसिस गर्थे त आफैले हैन। र कोरोनाको बारेमा अरुलाई सम्झाउने बुझाउने त आफै यसरी हिम्मत हारिस् भने तैले गरेका ती कामहरू तँसँग भएका ती ज्ञानहरूको के काम फेरि सोच्थेँ, ‘ह्या जाबो कोरोना म निको भै हाल्छु नि किन आत्तिनु, तँ निको कहिले होलिस्’ भनेर कुरिरहनु भएका ती ममीबाबा र भाइबहिनीले के भन्नु होला। तैले यस्तो सोचिस् भनेँ भन्ने लाग्थ्यो अनि सब कुरा बिसिर्थे। आफन्त साथी, इष्टमित्रले फोन गर्नु हुन्थ्यो, ‘न आत्तिउ है, केही हुन्न।’ यही शब्दले पनि धेरै सान्त्वना दिने गर्थ्यो। अनि आफूलाई त्यति गाह्रो अस्पताल बस्नुपर्ने अवस्था पनि त छैन किन आत्तिएको होला जस्तै लाग्थ्यो।

मलाई गाह्रो भनेको कहिलेकाही ज्वरो आएको जस्तो महसुस हुन्छ। तर, ज्वरो चेक गर्दा ९३–९४ डिग्री हुन्छ। शरीर अलि कमजोर भएको जस्तो हुन्छ, शरीरमा अलिअलि दुखाईको महसुस हुन्छ। तर, त्यस्तो आत्तिनु पर्ने पनि छैन। तर, मलाई धेरै गाह्रो भएन भनेर हेलचेक्र्याई पनि त गर्न भएन। डाक्टरको अनुसार सिटी लेबल पनि आशा लाग्दो छ। त्यस्तो आत्तिनु पर्ने पनि छैन। अहिले खानेकुरालाई बढी फोकस गरेकी छु। तातोपानी २–३ लिटर खाने गर्छु, भिटामिनहरू बी, सी, डी र बी कम्प्लेक्स खाएको छु। दिनमा ३–४ पटक ज्वरो चेक गर्छु। दिनमा २ पटक बाफ लिन्छु। प्रोटिनयुक्त खानेकुरा खान्छु। केही गाह्रो होला जस्तो भए डाक्टरहरू सँग परामर्श लिइरहेकी छु। आशा छ, मेरो रिपोर्ट चाँडै नै नेगेटिभ आउने छ। सकेसम्म कोरोना लाग्न नदिउ लागि हालेमा सजक र सतर्क रहौं।

मन्त्री र सांसदकै गाडीबाट काठमाडौं भित्रियो कोरोनाः कांग्रेस नेता केसी

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: