काठमाडौँ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा बिहीबार पूर्णायु आयुर्वेद हस्पिटलले ‘मानवता बचाउ अभियान’ अन्तर्गत एक हजार जनालाई खाना र पानी वितरण गरेको छ। प्रतिनिधि सभा निर्वाचनमा बजार पसल बन्द हुँदा खानाको अभाव हुने भएपछि पूर्णायु आयुर्वेद अस्पतालले सहयोगापेक्षीलाई खाना र पानी वितरण गरेको हो।
हस्पिटलका प्रबन्ध निर्देशक प्रल्हाद चौहानले पूर्णायु आयुर्वेद हस्पिटल र महारूद्र परिवारको संयुक्त पहलमा मानवता, सहानुभूति र सहकार्यको भावनालाई पुनःजागृत गराउने प्रयास स्वरुप खाना र पानी वितरण गरिएको बताए। ‘सडकमा बस्ने, असहाय नागरिक, जेष्ठ नागरिक, श्रमिक वा विभिन्न कारणले आर्थिक कठिनाइ भोगिरहेका नागरिकका लागि भोजन पाउनु कहिलेकाही कठिन हुन्छ, त्यसैले निःस्वार्थ भावनाले भोजन र पानी उपलब्ध गराउँदा त्यो केवल पेट भर्ने काम मात्र होइन, मानवताको सम्मान गर्ने काम पनि हो,’ चौहानले भने।












प्रतिक्रिया