काठमाडौं, मंसिर २५ गते। नेपाल विद्यार्थी संघ केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा युवा राजनीतिज्ञ राज थेबे मनोनित भएका छन्।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय सदस्य थेबेलाई केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा मनोनयन गरेका हुन् ।
अध्यक्ष शेर्पाले नेपाल विद्यार्थी संघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउन संयोजक थेबे सफल हुने बताएका छन्।
संयोजक थेबेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन, विद्यार्थीका मुद्दा र देशलाई नवीनतम् लक्ष्य र योजनाका साथ अघि बढाउन बौद्धिक विमर्श अघि बढाउने बताए।
‘विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा लानुपर्ने छ, त्यसका लागि जिम्मेवारीपूर्वक र योजनाबद्ध रुपमा बौद्धिक बहसका कार्यक्रम गरिनेछ, देशमा उत्पन्न परिस्थितिलाई रचनात्मक ढंगले सही मार्गमा ल्याउन दबाब दिने लक्ष्यका साथ हामी अघि बढेका छौँ,’ थेबेले भने।
युवा नेता थेबेले नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल राष्ट्रिय अधिवेशन, २०८२ को संयोजकको जिम्मेवारीमा रहेर अधिवेशन सफलतापूर्वक सम्पन्न गराएका छन्।







प्रतिक्रिया