निरुत्तर


भारती न्याैपाने

जिजीविषा गाेठभित्र
मडारिएकाे छ कैदी भई,
साेधिरहन्छ अाशा बाेकेर काेपिला
हरेक पटककाे रगताम्य पीडामा
समय ! तिमी किन निरुत्तर छौ ?

छाउगाेठमा ऐँठन भएर
नब्युँझिएकाे माैन देह
कति सजिलै
पुग्छ घाटमा तत्क्षण,

रुमल्लिन्छ अाँसु वरिपरि धुवाँ बनी
तर पनि निष्ठुर समय
किन निरुत्तर छ ?

दुखिरहँदाे हाेला रजस्वला बाेकेर हिँडेकाे मन,
सम्झेर मृत्युकाे अागमन अनिश्चित रातमा,
कहिल्यै नअघाउने अन्धकारका अाँखाहरू
तृप्ति खाेजिरहेका काला पाइलाहरूसँग
खेल्दै रगतका दुर्गन्धित हाेलीहरू,
अझै किन निरुत्तर छ समय ?

जाेखिरहन्छ हरेक पल
अबला शरीरलाई पाप र पुण्यकाे तराजुमा
फेरि पनि पल्ला उतै छ नुहेकाे।
पूजित पत्थरले कति दिन्छ भराेसा भ्रमकाे,
अास्थामा कैदी बजाउँछ नयाँनयाँ धुन,
तैपनि
सुन्दैन सदियौँकाे बहिराे परम्परा,
पहरेदार भएर बसेकाे छ गाेठभन्दा पर,
तैपनि,
किन माैन बस्छ समय?

झुत्रा झुपडीदेखि दरबारी सान
बाँचेकाे उही सतरन्ज ,
कसरी धमिलियाे एक किनारा
बगेरै परम्पराकाे भेलमा ,
बाेकिरह्याे झाेली उसैले
संस्कारकाे झुत्राे च्यादर अाेढेर,
माैन थिए अाँखाहरू।
साेधिरह्याे माैनतामै अाँखाले
किन ब्युँझिएन समय ?

फेरि पनि धुकधुकी थामेर भन्दै छ अबाेध काेपिला
किन निरुत्तर छ समय?

हात्तीवन, ललितपुर

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: