काठमाडाैं, २ वैशाख – सडक बालबालिकालार्इ सामाजिक जीवनमा प्रवेशका लागि उत्प्रेरणा जगाउने तथा खेलकुदमार्फत रूपान्तरणमा समावेश गर्ने उद्देश्यका साथ अायोजना हुने सडक बालबालिकाको विश्वकपमा जाने नेपाली राष्ट्रिय फुटबल टोली अन्तिम चरणको अभ्यासमा छ।
प्रतियोगिताको उपाधि नै जित्ने लक्ष्यका साथ अाफूहरू अभ्यासमा रहेको टिमका कप्तान रोशन भूजेलले बताएका छन्। ‘ढुक्क हुनुहोस्, हाम्रो लक्ष्य उपाधि नै हो,’ रोशनले भने, ‘नेपाल फर्किंदा हाम्रो साथमा उपाधि पनि हुनेछ। र, नेपालको उपल्लाे राष्ट्रिय टिमका लागि प्रेरणा पनि हुनेछ।’
‘हाम्रो लक्ष्य उपाधि नै हो,’ रोशनले शुभदिनसँग भने, ‘नेपाल फर्किंदा हाम्रो साथमा उपाधि पनि हुनेछ। र, नेपालको उपल्लाे राष्ट्रिय टिमका लागि प्रेरणा पनि हुनेछ।’
एरोन कार्की, गोलरक्षक (खुशी नेपाल), मनवीर लामा (रक्षक–खुशी नेपाल), विकास तिमल्सिना (रक्षक–सांग्रिला अर्फान्स), रोहन भूषाल (मिडफिल्डर–खुशी नेपाल), रमेश शाह (मिडफिल्डर–बालमन्दिर), सचिन विक (मिडफिल्डर–थ्रीएन्जल्स् नेपाल), सन्तोष खत्री (मिडफिल्डर–बालमन्दिर), हर्ष ठकुरी (स्ट्राइकर–बालमन्दिर) र पवन शाही (स्ट्राइकर–एक्सन लभ नेपाल) रहेका छन्।
अतिरिक्त खेलाडीहरूमा विशाल बादी (गोलरक्षक–थ्रीएन्जल्स् नेपाल), राजु (रक्षक–ओेसिड), रोशन कामी (रक्षक–ओसिड), राजु बादी (मिडफिल्डर–थ्रीएन्जल्स् नेपाल) र जीवितकुमार थारु (स्ट्राइकर–थ्रीएन्जल्स् नेपाल) रहेका छन्।
सडक बालबालिकाको संरक्षणका लागि योगदान पुर्याउँदै आएको सेल्टर आश्रय नेपाल नेपाली राष्ट्रिय टोलीको संयोजन गरिरहेको छ।
सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीका अनुसार विश्वकपमा नेपालको सहभागिताका लागि सेल्टरमा रहेका असहाय बालबालिका तथा अन्य संघसंस्थासँग समन्वय गरी विश्वकपका लागि टोली घोषणा गरिएको हो।
अोलीले नेपालका सडक तथा असहाय बालबालिकाको उन्नति तथा शिक्षाका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरेकी छिन्। उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि भव्य तयारी चलिरहेको छ।
सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म रुसको मस्कोमा आयोजना हुने सडक तथा असहाय बालबालिकाको निम्ति विश्वकप फुटबल ‘स्ट्रिट चाइल्ड वर्ल्डकप–२०१८, फ्युचर डिपेन्ड्स् अन यू’मा नेपालको सहभागिता सुनिश्चित गरेको अध्यक्ष ओली बताएकी छिन्।
प्रमुख प्रशिक्षक राजन न्यौपाने र एन्फाका प्रशिक्षक नवीन महर्जनले प्रतियोगिताको तयारीका लागि सहयोग पुर्याइरहेका छन्। सेभेन ए साइडको हुने विश्वकपमा सहभागी हुने खेलाडीलार्इ फुटबलसँगै हाैसला दिइएको प्रशिक्षक न्याैपानेले बताएका छन्।

प्रतिक्रिया