तरुण दलका केन्द्रीय महासचिव शाही अब गीतकार


काठमाडौं – नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाही युवाहरु माँझ लोकप्रिय नेता हुन्।

कालिकोटका स्थायी बासिन्दा शाही नेपाली कांग्रेसको युवा संस्थाको केन्द्रीय नेतृत्वका रुपमा आफ्नो राजनीतिक जीवनअघि बढाइरहेका छन्।

भूपेन्द्रजंग शाही।

राजनीतिसँगै महासचिव शाहीको लेखनकार्य पनि अघि बढिरहेको छ। त्यसैको प्रतिफल स्वरुप शाहीले लेखेको गीतको म्यूजिक भिडियो ‘परदेशी’ शुक्रबार सार्वजनिक गरिँदैछ।

काठमाडौंको लाजिम्पाटस्थित सम्पदा होटलमा आयोजना गरिएको विशेष समारोहमा म्यूजिक भिडियो सार्वजनिक गरिने महासचिव शाहीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: