Logo

शिक्षा

अनेरास्ववियुको अल्टिमेटम : ‘फागुन १४ गतेभित्र स्ववियु चुनाव, कोरोना प्रकोपमा विद्यार्थीबाट लिएको शुल्क फिर्ता गरियोस्’



काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालसहितको टोलीले उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेट गरी स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको हो ।

विश्वविद्यालयमा शिक्षा सुधारका विभिन्न माग राख्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शिक्षाको बढी शुल्क निर्धारण गरेको भन्दै फिर्ता लिन माग गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सचलन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक सत्र प्रारम्भ परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न पनि अनेरास्ववियुले माग गरेको छ । त्यस्तै सेमेस्टरको हकमा महिनाभित्र र वार्षिक परीक्षाको हकमा ३ महिनाभित्र परीक्षाफल प्रकाशन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

हेनुहोस् अध्यक्ष बरालले जारी गरेको विज्ञप्ति

स्ववियु निर्वाचनको मागसहित शैक्षिक मागहरू समेटेर अनेरास्ववियु केन्द्रीय कमिटीको तर्फबाट त्रिभुवन विश्वविद्यालयलाई ज्ञापन पत्र पेश गरेका छौ ।

श्रीमान् उपकुलपतिज्यू,
त्रिभूवन विश्वविद्यालय,
कीर्तिपुर काठमाडाैं।

विषय: ज्ञापन–पत्र

विकासको मेरुदण्ड शिक्षा हो । संविधानको मर्म अनुसारको अधारभूत शिक्षा अनिवार्य र निशुल्क बनाउने, माध्यमिक शिक्षा निशुल्क हुने कुरामा व्यवधानहरु छन् । शिक्षामा वर्गीय भेद स्पष्ट देखिदोछ । उच्च शिक्षामा प्राज्ञिकता स्खलन हुँदै गएको छ । राजनीतिक बहाना बनाएर महिनौ सम्म शिक्षण संस्थाहरु बन्द हुने गरेका छन् । त्यस्तै विश्व विद्यालयले अन्तर्राष्ट्रिय स्तरमा प्रतिबद्धता जाहेर गरेका विषयहरुलाई सम्बोधन गर्न सकिरहेको छैन ।

शिक्षालयको सिकाईको स्तर खस्कदो छ । गरिखाने शिक्षा मानिने प्राविधिक तथा व्यवसायिक शिक्षा सबैभन्दा महङ्गो भएको छ । यहाँ गरिवले पहँुच नपाउने स्थिति कायमैछ । जिम्मेवार निकायहरुमा जवाफदेहिता कमजोर हुँदै गएको छ । शिक्षाको माध्यमबाट समाजवादको आधार तयार गर्नु पर्ने छ । हामी संवृद्धिको बाटोमा हिड्न दृढ संकल्पीत छौं यो बाटोमा अगाडी बढ्न एउटा जिम्मेवार विद्यार्थी संगठनका हैसियतले शिक्षासँग सम्बन्धित राज्यका निकायहरु, शैक्षिक संस्था, प्राध्यापक, शिक्षक, राजनीतिक दल, युवा, बिद्यार्थी, अभिभावक लगायत सम्पूर्ण नागरिक समाजको ध्यान सार्वजनिक शिक्षा सुधारमा केन्द्रित गर्दै रचनात्मक बहस, छलफल र सचेतिकरणका कार्यक्रमहरु अगाडि बढाई रहेका छौं ।

मानव स्रोतको विकास नभएसम्म हाम्रो समाजको विकास असम्भव छ । तसर्थ, मुलुकको सबै भन्दा पहिलो, ठूलो र उच्च शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको संस्था हुनुका कारणले नेपालको रुपान्तरण गर्ने शिक्षाको मेरुदण्डलाई थप सवल, मजबुद बनाउन यस विश्व विद्यालयको रुपान्तरण आवश्यक छ भन्ने हाम्रो ठहर हो । विश्वविद्यालयको प्रगतिशिल रुपान्तरणमा के कस्तो कदम आवश्यक छ भन्ने विषयमा संगठनले पहिचान गरेका मुद्दाहरु सहित अल्पकालिन र दिर्घकालिन समाधानका उपायहरु समावेश गरेर यो ज्ञापन पत्र तयार गरिएकोछ । हामी विश्वस्त छौं हाम्रो मागहरु रचनात्मक ढंगले कार्यान्वयन हुने नै छन् । शैक्षिक आन्दोलनको अगुवा संगठनको हैसियतमा अनेरास्ववियु रचनात्मक आन्दोलन कै रुपमा विश्व विद्यालय रुपान्तरणको एजेण्डमा निरन्तर क्रियाशिल रहने कुरा अवगत गराउँदै विश्वविद्यालय समक्ष तपशिल बमोजिमका मागहरु पेश गर्दछौ ।

हाम्रा मागहरू:

–लामो समय देखि विभिन्न बाहानामा रोकिएको स्ववियु निर्वाचन १४ फागुन २०७८ मा सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल सर्वजनिक गर्न जोडदार माग गर्दछौ ।

–“School of” नाममा सञ्चालिन शैक्षिक कार्यक्रम गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पहुँचमा पुग्ने गरी पूर्ण छात्रवृत्तिको व्यबस्था गरियोस् ।

–चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी हुने गरि चिकित्सा शास्त्र अध्ययन सस्थान महराजगञ्जले मिति २०७८/०७/०७ गते गरेको शुल्क वृद्धि सम्बन्धी निर्णय तत्काल फिर्ता लिन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गर्न जोडदार माग गर्दछौ ।

–त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गरियोस् ।

–सक्षम प्राध्यापक बिना स्तरीय पठनपाठन र अनुसन्धान हुन नसक्ने भएकोले प्रतिस्पर्धाबाट छनोट गर्ने एक मात्र पद्धति अबलम्बन गरियोस । विश्वविद्यालय सेवा आयोगलाई नियमित गरियोस् ।

–विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसारको शैक्षिक सत्र प्रारम्भ, परिक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गरियोस् । सेमेस्टरको हकमा २ महिना भित्रमा र वार्षिक परिक्षाको हकमा ३ महिना भित्रमा परिक्षाफल अनिवार्य प्रकाशित गरियोस् ।

–मौका परिक्षाको प्रतिक्षामा रहेका विद्यार्थीहरुको हितलाई दृष्टिगत गर्दै सबै तहका परिक्षाको परिक्षा तालिका सार्वजनिक गरियोस् ।

–कोभिड १९ महमारीको समयमा विद्यार्थीहरुबाट लिएका सम्पूर्ण शुल्क फिर्ता गरियोस् ।

–परिक्षा नियन्त्रण कार्यलयबाट भईरहेको ढिलो सुस्ती र अस्तव्यस्तता अन्त्य गर्न सबै खाले प्रमाणपत्र र अन्य सम्पूर्ण कामहरु इलष्लिभ को माघ्यमबाट गरियोस् । परिक्षा नियन्त्रण कार्यालयलाई व्यवस्थित गरियोस् ।

–राष्ट्रिय आवश्यकता अनुसारको प्रविधिमैत्रि शिक्षामा जोड दिँदै सोही अनुरुपको भौतिक पूर्वाधार र अन्य संरचना निमार्णमा विशेष ध्यान दिइयोस् ।

–विश्वविद्यालयका अनाधिकृत रुपमा प्रयोग भईरहेका भौतिक संरचना एवं सम्पूर्ण सम्पतीहरुको पहिचान गरी अविलम्ब आफ्नो मातहतमा ल्याई शैक्षिक विकासको लागि प्रयोग गरियोस् ।

–पिछडिएको क्षेत्र, द्धन्द पिडित, उत्पीडित, महिला र विपन्न समुदायका विद्यार्थीहरुलाई विशेष छात्रावृत्तिको व्यवस्था गरी विश्वविद्यालय शिक्षामा समुदायको पहुँच वृद्धि गरियोस् ।

–देशभरिका क्याम्पसका छात्रावासहरुको मर्मत सम्भार एवं अत्याधुनिक प्रविधिसहित निर्माण गरी सञ्चालन गरियोस् ।

–सम्बन्धन प्राप्त आंगिक, सामुदायिक र निजी शैक्षिक सस्थाहरुमा नियमित अनुगमन गरी वैज्ञानिक शुल्क निर्धाण गरी कार्यान्वय गरियोस् ।

–पाठ्यक्रमलाई समयअनुसार परिमार्जन गर्दै लगियोस् ।

–विश्वविद्यालयका नियुक्तिहरू योग्यता, क्षमता, कामको प्रस्ताबना र स्वच्छ प्रतिस्पर्धाको आधारमा हुने व्यवस्था गरियोस् ।

हार्दिक अभिवादनसहित।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल