Logo

समाचार

हिमालय एयरलाइन्सको जहाजबाट यात्रुको पैसा चोरी



काठमाडौं – निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाजबाट यात्रुको डलर चोरी भएको छ । गत २७ पुसमा दिउँसो १ बजेर ४५ मिनेटको फ्लाइटमा काठमाडौंबाट ढाका पुगेका ती यात्रुको लगेजबाट आठ सय डलर हराएको हो ।

आफ्नो पैसा हराएको भन्दै ती यात्रुले यतिबेला वायुसेवा कम्पनीमा पत्राचार गरेका छन् । ढाका विमानस्थल पुगेर सिसिटिभी फुटेज हेर्दा पनि केही प्रमाण भेट्न नसकेकोबारे उनले उक्त पत्रमा उल्लेख गरेका छन् ।

उक्त डलर राखिएको खाम नै च्यातेर पैसा चोरिएको उनले जनाएका छन् । हिमालयका एक अधिकारीका अनुसार यसबारे कम्पनीको आन्तरिक टोलीले छानबिन गरिरहेको छ ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: