Logo

मनोरञ्जन

अभिनेता अल्लु अर्जुनको कति छ सम्पत्ति?



यति बेला अमेरिका, भारत र नेपालका सिनेमा हलमा एउटै फिल्मको चर्चा छ- पुष्पाः द राइज। रिलिज भएको एक महिना हुन लाग्दा पनि हलहरूमा यसले दर्शक तान्न छाडेको छैन।

‘पुष्पा’ को सफलतामा अभिनेता अल्लु अर्जुनको मुख्य भूमिका छ। संसारभर लाखौं प्रशंसक रहेका अल्लुलाई पनि ‘पुष्पा’ फलिफाप भएको छ।

तेलेगू भाषाका चर्चित स्टार अल्लु महँगा स्टारसमेत हुन्। रिपोर्टअनुसार उनले एक फिल्मको १५ करोड भारूसम्म पारिश्रमिक बुझ्छन्। उनको जीवनशैली पनि लोभलाग्दो छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीसँग तीन सय पचास करोड भारूभन्दा बढी सम्पत्ति छ। अल्लु बस्ने घरको मूल्य नै सय करोड भारू भन्दा बढी पर्छ।

त्यस्तै उनले निकै महँगा सामानहरू पनि किनेका छन्। जिक्यु इन्डियाका अनुसार उनीसँग ७५ लाख भारूभन्दा बढी पर्न हमर एचटु गाडी छ। यसबाहेक फाल्कन ब्रान्डको ७ करोड भारू पर्ने भ्यानिटी भ्यान पनि उनीसँग छ।

‘पुष्पा’को सफलतासँगै अल्लुको पारिश्रमिक बढ्ने अनुमान पनि गरिएको छ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: