Logo

स्वास्थ्य

कोरोनाविरुद्ध १२ वटा खोप लगाउने व्यक्तिलाई कारबाही



नयाँ दिल्ली – कोभिड १९ विरुद्ध १२ वटा खोप लगाएको दाबी गर्दै आएका एक भारतीय नागरिकविरुद्ध कारबाही हुने भएको छ ।

आफूले १२ वटा कोभिड खोप लगाएको दाबी गर्दै आएका भारत विहार राज्यका ब्रह्मादेव मण्डलविरुद्ध कारबाही हुने भएको हो ।

भारत सरकारले खोप नियम दुरुपयोग गरेको भन्दै ८४ वर्षीय मण्डलविरुद्ध कारबाही गर्ने बताएको छ । मण्डलले कोभिड १९ विरुद्ध गत वर्ष फेब्रुअरीमा पहिलो खोप लगाएका थिए ।

त्यसपछि आफूमा भएका अन्य स्वास्थ्य समस्यामा सुधार आएको भन्दै उनले थप ११ वटा कोरोना खोप लगाएको दाबी गरेका थिए ।

सो दाबी गरेका उनलाई प्रहरीले पक्राउ गरेको छ भने उनीविरुद्ध सार्वजनिक नियम उल्लंघन गरेको, छलेको र ढाटेको अभियोगमा भारतको कानुनअन्र्तगत कारबाही गरिने बताइएको छ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: