Logo

समाचार

मन्त्री आले सवार गाडीलाई ठक्कर दिने कार चालक को थिए ?



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले चढेको गाडी ठूलो दुर्घटनाबाट जोगिएको छ। कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुन मंगलबार धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले सवार गाडीलाई कारले ठक्कर दिएको हो।

सो गाडीलाई ठक्कर दिने कारका चालकलाई प्रहरीले पक्राउ गरेको छ। उनी सवार सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई ठक्कर दिने बा ४ च १३७७ नम्बरको कारका चालक पवन कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

कडायतले हाँकेको कारले मन्त्री आले सवार गाडीलाई ठक्कर दिनुअघि गाईलाई ठक्कर दिएको थियो। धनगढी विमानस्थलबाट ६ लेनको मेन रोड क्रस गर्दै गर्दा आलेको गाडीलाई कारले हानेको हो। ठक्करले गाडी क्षतिग्रस्त भए पनि मन्त्री आलेसहित सबै जना सुरक्षित रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: