Logo

समाज

संसारकै अनौठो ठाउँ, जहाँ ७० वर्षदेखि मान्छे मरेका छैनन्



एजेन्सी – संसारमा धेरै अनौठा ठाउँहरू छन्, जसलाई थाहा पाउँदा मानिसहरू विश्वास गर्न सक्दैनन् । एउटा यस्तो ठाउँ छ जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।

आउनुहोस् हामी तपाईंलाई यो अनौठो ठाउँको बारेमा बताउँछौं जहाँ ७० वर्षमा कुनै पनि मानिसको मृत्यु भएको छैन ।

यो सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ तर यो पूर्ण सत्य हो । त्यहाँ कोही पनि बस्दैन होला भन्ने प्रश्न पनि मनमा लाग्न सक्छ, तर त्यस्तो होइन । यहाँ मान्छेहरू पनि बस्छन् । तर, यो अनौठो ठाउँमा कसैको मृत्यु भने भएको छैन ।

यो अनौठौ ठाउँ नर्वेमा छ । यहाँ धेरै सुन्दर ठाउँहरू छन्, जसकारण यो विश्वको प्रसिद्ध पर्यटकीयस्थलहरूमा समावेश छ ।
नर्वेको यो ठाउँको नाम लङ इरबेन हो । यो ठाउँमा कोही मर्न सक्दैन, यसको कारण थाहा पाएपछि तपाईंको मनमा प्रश्न उठ्नेछ कि यस्तो किन ?

नर्वेलाई मिडनाइट सन पनि भनिन्छ । यो देशमा मे महिनादेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन । यहाँ ७६ दिन लगातार दिन हुन्छ र रात हुँदैन । यहाँको स्वाल्बार्डमा पनि अप्रिल १० देखि अगस्ट २३ सम्म सूर्यास्त हुँदैन । लङ इरबेनमा यहाँको प्रशासनले कानून बनाएको छ, जसका कारण यहाँ मानिस मर्न सक्दैनन् । यहाँ मानिस मर्न प्रतिबन्ध लगाइएको छ ।

नर्वेको उत्तरी ध्रवमा अवस्थित लङ इरबेनमा वर्षैभरि अत्यधिक चिसो हुन्छ, जसकारण यहाँ शव सड्दैन । त्यसैले यहाँ प्रशासनले मानिस मर्न प्रतिबन्ध लगाएको छ । सबैभन्दा अचम्मको कुरा के छ भने यो शहरमा ७० वर्षदेखि कोही पनि मरेका छैनन् ।

एक सय वर्षअघि भएको थियो मृत्यु

यस अनौठो शहरमा क्रिश्चियन धर्मका धेरै मानिसहरू बस्छन् । सन् १९१७ मा यहाँ इन्फ्लुएन्जाबाट पीडित एक व्यक्तिको मृत्यु भएको थियो । मानिसको शव लङ इयरबेनमा गाडिएको थियो, तर उनको शरीरमा अझै पनि इन्फ्लुएन्जा भाइरस छ । जसकारण शहरलाई महामारीबाट जोगाउन प्रशासनले यहाँ मृत्युमा प्रतिबन्ध लगाएको हो ।

यस शहरको जनसंख्या करीब २००० छ । यहाँ कोही बिरामी परेमा विमानबाट अर्को ठाउँमा लगिन्छ । त्यसपछि सोही ठाउँमा मृत्युपछि त्यस व्यक्तिको अन्तिम संस्कार गरिन्छ ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: