Logo

राजनीति

आशालाग्दा नाम, सत्तामा पुगेपछि बदनाम, काण्ड-काण्डैमा फसेका एमालेका यी ६ नेता



काठमाडौं । नेपालमा विद्यार्थी राजनीतिबाट उदाएका कुनै समय लोकप्रिय नेताहरू अहिले निकै बदनाम छन् । बदनामी हुनेमा अधिकांश दोश्रो पुस्तका र युवा नेता नै छन् ।

उनीहरू विभिन्न ‘काण्ड’मा फसेका कारण जनस्तरमा उनीहरूलाई रुचाउन छोडिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका ‘हाइप्रोफाइल’ नेताहरू विवादको घेरामा छन् ।

योगेश भट्टराई

एमाले सचिव तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई पदमा रहँदादेखि नै विवादमा परे । बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा निर्माण गरेको रेष्टुरेन्टका कारण विवादमा फेरि एकपटक उनको राजनीतिक ‘नैतिक धरातल’ स्खलित भएको छ ।

एमालेका सबै हाइप्रोफाइल विवादमा परेका हुन् । कुनै समय कार्यकर्ताले मात्रै होइन, जनताले पनि आशा गरेका नेता योगेश भट्टराई २०५५ जेठमा एमाले विद्यार्थी संगठनका ५७ जना कार्यकर्ताको नेतृत्व गर्दै भट्टराईले मेची–महाकाली मार्चपार्स गरेका थिए ।

त्यस टोलीले भारतले मिचेको भूमि कालापानी क्षेत्रमा पुगेर राष्ट्रिय झण्डा फहराएपछि उनको चर्चा सुरु भएको थियो । तर, केही दिनयता नारायणहिटी दरबार संग्रहालय हाताभित्रको जग्गा निजी कम्पनीलाई कौडीको भाउमा भाडामा दिइएको सन्दर्भमा समेत जोडिएपछि उनीप्रति आलोचनामात्रै होइन, आक्रोश नै देखिएको छ ।

उनकै सामाजिक सञ्जालमा भएका पछिल्लो साताका टिप्पणी हेर्ने हो भने थाहा हुन्छ । यस सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो संलग्नता नरहेको दावी पनि गरिसकेका छन् ।

त्यसो त कोरोना प्रकोपमा विदेशबाट फर्किने नेपालीसँग लाखौँ असुलेर कमिशन खाएको आरोप पनि भट्टराईमाथि लागेको छ । मन्त्री पदमै हुँदा भ्रमण वर्षदेखि अन्य कयौँ मुद्दामा उनी विवादमा परेका थिए । यद्यपि, भट्टराई आलोचनात्मक चेतना राख्ने र आफ्नो कुरा पार्टीभित्र राख्ने हुँदाले एमाले र अन्य दलमा पनि लोकप्रिय छन् ।

ईश्वर पोखरेल

ईश्वर पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष हुन् । ईश्वर पोखरेल डेढ दशकभन्दा अगाडि नै उनको घरमा पानी ट्यांकीमा पैसा भेटिएको विषयले विवादमा परेका थिए ।

उनको घरमा ट्यांकीमा पैसा भेटिएकाबारे एक सञ्चारमाध्यममा २०७३ मा उनले भनेका थिए, ‘मलाई सिध्याउन, मेरो चरित्रहत्या गर्न दरबारिया मण्डले र कथित क्रान्तिकारीहरू मिलेर जे जस्ता कथाहरू रचना गरे, त्यसको हिसाब किताब अझै पनि मैले बुझ्न सकेको छैन । मण्डले पत्रकार निरोधराज पाण्डे र निमकान्त पाण्डेले कथा लेख्ने र ती कथाका आधारमा खगेन्द्र संग्रौलाले एउटा दैनिक पत्रिकामा मेराविरुद्ध लेख लेख्ने शिलशिला नै चलाइयो । ईश्वर पोखरेलको घरको ट्यांकीमा पैसा भेटियो भनेर निमकान्त पाण्डे भन्नेले आफ्नो पत्रिकामा कथा लेखेछन् । कसैले नकिन्ने र नपढ्ने पत्रिका भए पनि दरवारियाहरूले नियोजित रुपमा त्यसको प्रचार गरे ।’

ईश्वरको विवादको श्रृंखला यतिमै रोकिएको छैन । ईश्वर पोखरेल पछिल्लो पटक ओली सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री हुँदा पनि विवादले घेरिएका थिए ।

पोखरेल त्यतिबेला कोरोना नियन्त्रण उच्चस्तरीय संयन्त्रको संयोजक पनि थिए । कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका विषयमा उनी विवादमा तानिएका थिए । ओम्नी समूहसँग सम्झौता गरी घोटाला गरेको भन्दै पोखरेल विवादमा तानिएका थिए ।

तर, वरिष्ठ उपाध्यक्ष पोखरेल पार्टीको सांगठानिक संरचनामा प्रभावशाली र लोकप्रिय छन् । उनलाई एमाले अध्यक्ष ओलीको उत्तराधिकारीका रुपमा पार्टी कार्यकर्ताहरूले लिने गरेका छन् ।

विष्णुप्रसाद पौडेल

एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल एमालेका विवादित पात्रमध्येका एक हुन् । बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि उनी विवादको शिखरमा पुगेका पात्र हुन् । बालुवाटार काण्डमा मुछिए पनि तत्कालीन नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले पौडेललाई जोगाएको आरोप छ ।

जे आरोप लागे पनि पौडेललाई पार्टी एकता जोगाउन महत्त्वपूर्ण भूमिका खेलेकाले कार्यकर्ताले प्रशंसा गर्छन् ।

शंकर पोखरेल

शंकर पोखरेल एमालेको महासचिवको भूमिकामा छन् । एमाले महासचिव हुनुअघि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री थिए । पोखरेलमाथि लुम्बिनी प्रदेशकी एकजना सांसद अपहरण गरेको आरोप छ । तर, एमालेमा उनी प्रभावशाली नेता र कुशल संगठकका रुपमा परिचित छन् ।

पद्‍मा अर्याल

एमाले सचिव पद्‍मा अर्याल पनि विवादको घेरामा परिन् । सुरुमा उनी गुठी विधेयकका कारण विवादमा परेकी थिइन् । उनी मन्त्री हुँदा गुठी विधेयक अगाडि बढाउन खोजेकी थिइन्, तर विरोधका कारण सफल हुन सकेन ।

मल खरिदका विषयमा अर्याल पनि विवादमा तानेकी थिइन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डिएपी मल खरिद कार्यमा संलग्न कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १० जना तथा २ वटा कम्पनीउपर बिगो १ अर्व ५३ लाख २२ हजार चार सय ६ रुपैयाँ ७२ पैसा बराबरको बिगो कायम गरी आइतबार विशेष अदातमा मुद्दा दायर गरेको छ ।

तर, अख्तियारले मल खरिदका मुख्य डिजाइनर तत्कालीन कृषि तथा पशुपंक्षी विकास मन्त्री पदमा अर्याल र सचिव योगेन्द्र कार्कीलाई उन्मुक्ति दिएको छ । तर, एमालेभित्रका महिला नेतृहरूमा उनी प्रभावशाली र लोकप्रिय छन् ।

गोकुल बास्कोटा

एमाले नेता गोकुल बास्कोटा विवादमा परेका अर्का पात्र हुन् । सञ्चारमन्त्री हुँदा ७० करोड बार्गेनिङ गरेको टेप रेकर्ड बाहिरिएपछि उनी विवादमा तानिएका थिए ।

कल्भर्टमा लुक्ने को–को हुन् ? रमेश खरेलको खुलासा (अन्तरवार्ता)

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: