Logo

समाज

पुस ३० देखि माघ २ सम्म सार्वजनिक बिदा



काठमाडौं- माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर माघी पर्वका अवसरमा कैलालीको कैलालरी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए ।

‘यो गाउँपालिकामा थारू बाहुल्यता रहेको छ,’ उनले भने, ‘थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’

उनका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: