Logo

स्वास्थ्य

सोमबारभन्दा एक हजार संक्रमित बढे, परीक्षण कति गरिएको थियो ?



काठमाडौं – एकसाता यता नेपालमा कोरोना भाइरसको संक्रमण दर निकै उच्च गतिमा बढिरहेको छ । एक साताअघिसम्म दैनिक दुई सय पनि संक्रमित नथपिने गरेकोमा अहिले भने समुदायस्तरमै पुगेको छ ।

सोमबार एक हजार चारसय ४६ जनामा संक्रमण देखिएकोमा मंगलबार त्योभन्दा एक हजार बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा १५ हजार ३३ जनामा परीक्षण गरिएको थियो । त्यसमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै, गत २४ घण्टाको अवधिमा ३१३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: