Logo

समाचार

नेपालमा ओमिक्रोनले दोस्रो लहरकै स्थिति ल्याए कस्तो छ अक्सिजन, आइसियूको तयारी ?



काठमाडौं-अहिले नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको छ। जसलाई लिएर नेपालमा संक्रमणको तेस्रो लहर आउनसक्छ भनिएको छ।

यो बढी संक्रामक रहेका कारण धेरै मानिसहरू एकैचोटि संक्रमित हुँदा प्रतिशतको हिसाबले अस्पताल भर्ना हुने बिरामीहरूको संख्या बढ्नसक्छ।

यदि त्यसरी नै अस्पताल भर्ना हुने गम्भीर बिरामीहरू बढ्न थाले आइसियू, भेन्टिलेटर र अक्सिजनको चुस्त व्यवस्थापन हुनुपर्छ। किनकि दोस्रो लहर उत्कर्षमा पुग्दा आइसियू, भेन्टिलेटर र अक्सिजनको निकै नै अभाव भएको थियो।

यसपटक दोस्रो लहरकै स्थिति आउँछ वा आउँदैन भनेर अहिले भन्न सकिँदैन। तर यदि धेरै संक्रमित भएर अस्पताल भर्ना हुने बिरामी बढ्न थाले आइसियू, भेन्टिलेटर र अक्सिजनको व्यवस्था अहिले नै हुन जरूरी छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी यसपटक आइसियू, भेन्टिलेटर र अक्सिजन पुग्ने गरी तयारी अवस्थामा रहेको दाबी गर्छन्।

‘अहिले दैनिक ४० हजार अक्सिजन सिलिण्डर पुर्याउनसक्छौं। दर्जनौं अस्पतालहरूसँग आफ्नै अक्सिजन प्लान्ट छ। कन्सन्ट्रेटर पनि धेरै अस्पतालसँग छ,’ उनले भने, ‘लिक्विड अक्सिजन ट्यांक पनि १९ वटा छ। जम्मा ३२ वटाको योजना हो। बाँकी केही दिनमा आउँछ। ४७ वटा अस्पतालसँग आफ्नै प्लान्ट छ। आवश्यकताको आधारमा ८५ वटा सञ्चालन गर्न सक्छौं। त्यसैले चाहिने भन्दा धेरै छ।’

मन्त्रालयका तथ्यांक अनुसार अहिले देशभर दुई हजार ७९७ आइसियू बेड, एक हजार ८ भेन्टिलेटर, ३ हजार ८४६ एचडियू बेड रहेका छन्।

यसैगरी, ८ हजार २०२ आइसोलेसन बेड, १३ हजार ९३९ अक्सिजन सिलिण्डर, ६ सय ९३ अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट छन्। काठमाडौं उपत्यकाको हकमा भने २ हजार ४९४ आइसोलेसन बेड, ३ सय २४ एचडियू बेड, ४ सय ४५ आइसियू र २ सय ५४ भेन्टिलेटर छन्।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: