Logo

राजनीति

नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा थेबे निर्वाचित



ताप्लेजुङ्ग- नेकपा एमाले ताप्लेजुङ्गको अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन्। बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै थेबे निर्वाचित भएका हुन्।

थेबे र साम्सोहाङ प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। थेबेले ३२९ मत प्राप्त गरे भने साम्सोहाङले २७३ मत मात्र प्राप्त गरेका छन्।

यता उपाध्यक्षमा सन्तोष खतिवडा निर्वाचित भएका छन्। उनले ३३१ मत प्राप्त गरे भने उनको प्रतिस्पर्धी मातृका भट्टराईले २४६ मत प्राप्त गरेका छन्।

सचिवमा साम्सोहाङ समूहका केशरकुमार मेन्याङ्बो २ सय ९६ मत सहित निर्वाचित हुँदा थेबे समूहका मंगलसिं केदेम १६ मतले पराजित भए। केदेमले २ सय ८० मत प्राप्त गरे। जिल्ला कमिटी सदस्यमा अधिकांश थेबे समूहका निर्वाचित भएका छन्।

२३ गते उद्घाटन भएको ११ औं जिल्ला अधिवेशनमा २६ गते बिहानदेखि मतदान भएको थियो। जसमा ६ सय ७१ प्रतिनिधिमध्ये ६ सय ३८ मत खसेको थियो।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: