Logo

स्वास्थ्य

चिकित्सा विज्ञानमा अर्को उपलब्धि : सँगुरको मुटु मानिसमा प्रत्यारोपण



आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गर्न चिकित्सकहरू सफल भएका छन्। मानव शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपणपछि चिकित्सा विज्ञानमा अर्को उपलब्धि हासिल भएको हो।

बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयासपछि चिकित्सकहरू सुगुरको मुटु मानिसमा प्रत्यारोपण गर्न सफल भएका हुन् ।

बीबीसीका अनुसार, अमेरिकी नागरिक डेभिड बेनेट सुँगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्ति बनेका छन् । यो प्रत्यारोपणलाई बेनेटको जीवन रक्षा गर्ने अन्तिम अस्त्र ठानिएको थियो। जसमा चिकित्सक सफल भएका छन्।

प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि उनको शरीरले राम्रो प्रतिक्रिया जनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यद्यपि, उनको जीवन कति समयसम्म लम्बिन्छ, अहिले नै प्रष्ट भइसकेको छैन।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: