Logo

समाचार

कोटेश्वर क्याम्पसका विद्यार्थी नेतामाथि भएको आक्रमणप्रति अनेरास्ववियुद्वारा भत्सर्ना, आक्रमणमा संलग्नलाई कारबाहीको माग



काठमाडौं, २६ पुस । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कोटेश्वर क्याम्पसमा विद्यार्थी नेतामाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

अध्यक्ष सुनिता बरालले सोमबार विज्ञप्ति जारी गरी अनेरास्ववियु कोटेश्वर क्याम्पसका विद्यार्थी नेता तुलबहादुर सुनुवारमाथि भएको सांघातिक हमलाप्रति गम्म्भीर आपत्ति प्रकट गरेकी हुन् ।

बरालले भनेकी छिन्, ‘सांघातिक रुपमा गरिएको आक्रमणको अनेरास्ववियु घोर निन्दा र भत्सर्ना गर्दै विचार र विद्यार्थीको मुद्दा र एजेण्डा त्यागेर गुण्डागर्दीमा संग्लग्न नहुन चेतावनी दिन चाहन्छ ।’

माधव नेपालको ‘षडयन्त्र भण्डाफोर’ गर्दै पूर्वमन्त्री झा एमालेमा फर्किए (अन्तरवार्ता)

उक्त घटनामा संग्लग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न बरालले माग गरेकी छिन् । साथै आक्रमणमा गम्भीर घाइते भई अस्पतालमा उपचारत सुनुवारको शीघ्र स्वास्थ्य लाभको कामना पनि उनले गरेकी छिन् ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: