Logo

मनोरञ्जन

‘पशुपतिप्रसाद–२’ बन्दै, मुख्य पात्र को ?



काठमाडौं-नेपाली सिने जगत कोरोनाका कारण निकै थलिएर बसेको छ। कोरोनाले गर्दा कुनै पनि फिल्म बनेका छैनन्। बने पनि यहाँ हलसम्म जाने वातावरण भने मिलेको छैन।

त्यसका बाबजुत पनि निकै नै चर्चित फिल्म ‘पशुपतिप्रसाद’ भने अब बन्न लागेको श्रोतले जनाएको छ। पशुपतिप्रसादको भने सिरिज वा सिक्वेल हालसम्म बनेको छैन।

अहिले पशुपतिप्रसादका निर्देशक, कलाकार तथा लेखकले यसको सिक्वेल बनाउने तयारी सुरु गरिसकेका छन्। निर्देशक दीपेन्द्र के खनाल र खगेन्द्र लामिछाने यतिबेला पशुपतिप्रसाद–२ को लेखनको अन्तिम चरणमा रहेको भनाइ छ।

कथाको रिसर्च र लेखनमा लामो समय खर्चिएका दीपेन्द्र र खगेन्द्र अहिले कथा लेखिरहेका छन्। स्रोतका अनुसार यो पटक ‘भस्मे डन’ चरित्र (विपीन कार्की) मुख्य भूमिकामा हुने सम्भावना उच्च छ।

यद्यपि, पशुपतिप्रसादलाई कथामा देखाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि लेखकहरु रहेका छन्। पशुपतिप्रसादमा पशुपतिप्रसाद अथवा खगेन्द्र लामिछाने मुख्य भूमिकामा थिए। यद्यपि, निर्देशक, कलाकार, लेखक तथा निर्माण पक्षले भने यसबारे आधिकारिक जानकारी दिएको छैन।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: