Logo

खेलकुद

नेपाल र भारत भिड्दै,कसले मार्ला बाजी ?



काठमाडौं – सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ ।

जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो ।

बंगलोदशको राजधानी ढाकामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ । नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ । जित हाँसिल गरेमा नेपाल अन्य खेलको भर पर्नुपर्ने छैन ।

आइताबार नै बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । यस खेलबाट अर्काे फाइनल पुग्ने टोलीको छिनोफानो हुनेछ ।

प्रतियोगितामा ३ खेलबाट नेपाल र बंगलोदशको समान ७ अंक रहेको छ । यता, भारतको भने ६ अंक छ ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: