Logo

राजनीति

संसदमा उठ्यो दलका नेता–कार्यकर्ताको जीनवनशैलीमाथि प्रश्न, कानुनी व्यवस्था गर्न सांसद् सुनिता बरालको माग



काठमाडौँ, जेठ १ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय सदस्य एवं सांसद् सुनिता बरालले राजनीतिक दलका नेता–कार्यकर्ताको जीवनशैलीका सन्दर्भमा कानुन निर्माणको माग गरेकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद् बरालले राजनीतिक व्यक्तिको जीवनशैलीका सन्दर्भमा कानुन निर्माणको माग गरेकी हुन्।

‘राजनीतिक व्यवस्था नै बदनाम हुने अवस्थाबाट जोगाउन पनि राजनीतिक व्यक्तिहरूको जीवनशैलीसम्बन्धी कानुन निर्माण गरेर अगाडि बढ्नुपर्छ,’ उनले भनिन्।

नेत्री बरालले शदाचारयुक्त जीवन पद्धति नै लोकतन्त्रको प्राण रहेको बताउँदै पछिल्ला घटनाले लोकतन्त्रका लागि लड्ने राजनीतिप्रति जनतामा निरासा उत्पन्न भएको भनाइ राखिन्।

इमान्दार, क्षमतावान व्यक्तिहरू विस्तापित हुने अवस्था आएकाले भ्रष्टाचारका अनेक छिद्र बनेका कानुन संशोधन गर्न उनको माग छ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल