Logo

राजनीति

भुटानी शरणार्थी सम्बन्धमा आएको अडियोको सत्यता छैन, सत्य चाँडै बाहिर आउँछः डा. आरजु राणा



काठमाडौं, वैशाख २६ गते । नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधिसभा सांसद डा. आरजु राणा देउवाले भुटानी शरणार्थी सम्बन्धको अडियोबारे सत्य, तथ्य बाहिर आउने बताउनु भएको छ ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्नुहुँदै उहाँले आफू एक ठूला नेताको श्रीमती भएको र कसैको पक्षमा बोल्दा कसैलाई चित्त दुख्न सक्ने कुरा स्वाभाविक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म ठूलो नेताको श्रीमती, पार्टीभित्र श्रीमान्, श्रीमतीको कुरा हुन्छ । कसैको लागि लवी गर्दा कसैको चित्त दुख्छ होला, त्यसको पनि यो उपज हो र यो दुई, तीन दिन अगाडि बनाएको अडियो हो ।”

सांसद देउवाले यस विषयलाई एकदमै नजिकबाट नियालेको पनि बताउनुभयो । “अब यो रियल कसरी हो र यो अडियोको सत्य, तथ्य बाहिर आउँला । जब यो काण्ड भयो, त्यस अवधिको सात महिना त म जापानमा थिएँ । यो सबै वाइयात कुरा हो । यसमा मेरो भन्नु केही छैन ।”, डा. देउवाले भन्नुभयो ।

भुटानी शरणार्थीको प्रकरण  राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय मुद्दासमेत भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मैले एकदम नजिकबाट नियालेको छु । यो चाहिँ नेशनल इस्यु मात्रै होइन, इन्टरनेशनल इस्यु हो । जसले जालमा फसाउन खोजेको छ, आफैँ फस्ने वाला छ ।”

केही ठूला दलको पनि नाम जोडिएको जिज्ञासामा उहाँले मानव बेचबिखनको विषय सबैभन्दा ठूलो अपराध भएकाले यो विषय लुकाउन नसकिने स्पष्ट पार्नुभयो ।

“आइ डण्ट थिङ् इट पोसिबल, किन यो इमिग्रेसन र ह्युमन ट्राफिकिङको क्राइम हो ।  यो क्राइम चाहिँ इन्टरनेशनल्ली सबभन्दा ड्रग बेच्ने र ह्युमन ट्राफिकिङ भनेको, एकदमै ठूलो क्राइम हो । नेपालले मात्रै यसलाई लुकाउँछु, कसलाई छुपाउँछु  भनेर हुन्छ जस्तो मलाई लाग्दैन”, उहाँले भन्नुभयो ।

सांसद देउवाले यो सबैभन्दा ठूलो अपराधको विषय भएकाले लुकाउन नसकिँदै भन्दै प्रहरीले यसको अनुसन्धान गरिरहेकाले सबै सत्य, तथ्य बाहिर आउने जिकिर गर्नुभयो ।

‘‘फेक न्युज जति पनि हुन्छ, त्यो अडियो पुलिसले पनि हेरिरहेको छ, कसले बनायो, कहिले बनायो भनेर । यो एउटा नेचुरल रूपमा पनि म हेर्छु । किनकि महिलालाई कुनै पनि क्षेत्रमा सजिलो छैन”, उहाँको भनाइ छ ।

उहाँले यस सम्बन्धमा अडियो प्रकरणको झुटा समाचार पनि बाहिर आइरहेको भन्नहुँदैन प्रहरीले यसको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

प्रकाशित : २६ बैशाख २०८०, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल