Logo

सुदूरपश्चिम प्रदेश

विद्यार्थी नेता ऐडीको हत्याविरुद्ध अनेरास्ववियु आक्रामक, सशक्त आन्दोलनको तयारी



काठमाडौँ, मंसिर १४ गते । अनेरास्ववियुले मंसिर ४ गते निर्वाचनकै दिन संगठनका सचिवालय सदस्य एवं अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष चेतन ऐडीको हत्याको घटनाको छानवीन नगरे कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

तीन दिने आन्दोलनको घोषणा गरेको अनेरास्ववियुले घटनाको छानवीन गरी अभियुक्तलाई कारबाही अघि नबढाए सशक्त आन्दोलन थाल्ने चेतावनी दिएको हो । अध्यक्ष सुनिता बरालले निर्वाचनकै दिन हत्या भएका विद्यार्थी नेता ऐडीको विषयमा सत्यतथ्य निष्पक्ष रुपमा छानवीन गरी अभियुक्तलाई कारबाही गर्न माग गरिन् ।

उनले भनिन्, ‘युवा विद्यार्थीको हत्या हुँदा प्रहरी प्रशासन कहाँ थियो ? हत्या हो भन्ने थाहा भइसकेपछि पनि अनुसन्धान अघि नबढाउने र अभियुक्तमाथि कानुन कारबाही सुरु गर्ने प्रहरी प्रशासनको कदम शंकास्पद छ । त्यसैले तत्काल कारबाही प्रक्रिया अघि नबढाए कडा आन्दोलन सुरु गर्नेछौँ,’ उनले भनिन् ।

यसअघि, महासचिव समिक बडालले विज्ञप्ति जारी गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए । उनले निर्वाचनको दिन बाजुराको त्रिवेणी–७ स्थित मतदानस्थलमा भएको विवादलाई विषयान्तर गरी सत्ता गठबन्धनका तर्फबाट सोही दिन राति आफ्नै घरमा सुतिरहेको बेला विद्यार्थी नेता ऐडीको हत्या गरिएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका बताएका छन् ।

उनले सरकारले चेतन ऐडीको हत्यामा संलग्नहरूलाई कारबाही गर्नुको साटो सत्ताको दुरुपयोग गरी अभियुक्तहरूलाई संरक्षण गरेको दावी गरेका छन् ।

अनेरास्ववियुले विद्यार्थी नेताको हत्याविरुद्ध मंगलबार प्रत्येक जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुकी स्थायी कमिटी सदस्य सजिना थापामगरले बुधबार गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गरिएको जानकारी दिइन् । उनका अनुसार बिहीबार देशैभरिका क्याम्पसमा कालो ब्यानर राख्ने र हस्ताक्षर संकलन गरिने छ ।

‘युवा राजनीतिज्ञको हत्या हुँदा समेत चुप लागेर बस्ने, अभियुक्त जोगाउन लाग्ने सरकारी प्रवृत्तिविरुद्ध हामी नयाँ चरणको आन्दोलन घोषणा गर्ने छौँ, अभियुक्तलाई कारबाही र पीडितको न्यायका निम्ति हामी सशक्त रुपमा उभिने छौँ,’ थापामगरले भनिन् ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल