Logo

राजनीति

कांग्रेसका युवा नेता यादव सिरहा–१ ‘ख’बाट सिफारिस, यस्ता छन् एजेन्डा



काठमाडौं भदौं २१ गते । नेपाली कांग्रेसका युवा नेता सञ्जयकुमार यादव प्रदेश सभा सदस्यका लागि सिफारिस भएका छन्। नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष यादवलाई पार्टीले प्रदेश सिरहा १ ‘ख’ बाट प्रदेश सभा सदस्यमा सिफारिस गरेको हो ।

राजनीतिक आन्दोलनमा निरन्तर सक्रिय यादव हिमाल, पहाड, तराई, मधेशलाई युवाको वृद्धि विकासका लागि अगुवाई गरिरहेका छन्। ‘प्रदेश सभा सदस्यमा सिफारिस गर्ने पार्टीको निर्णयप्रति आभार व्यक्त गर्दछु, जिम्मेवारी दिने निर्णयले मैले गरिरहेको कामको मूल्यांकन भएको महसुस गरेको छु,’ नेता यादवले भने।

युवा नेता यादवले प्रदेश सभा निर्वाचनमा विजयी हुने आधारसहित निर्वाचनको तयारीमा जुटेको बताए। उनले सिरहाका सबै प्रदेश र प्रतिनिधि सभामा कांग्रेसलाई जिताउन अभियान सुरु गर्ने बताए।

राजनीतिक जीवन

युवा नेता सञ्जयकुमार यादवको राजनीतिक यात्रा कक्षा ९ बाट शुरु भएको हो। २०५५ सालमा सिरहामै आयोजित कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्ने मौका पाए।

‘गिरिजाबाबुको व्यक्तित्वबाट अत्यन्तै प्रभावित भएँ,’ उनले भने, ‘हजुरबुवा, बुवा पनि कांग्रेसमै सक्रिय हुनुहुन्थ्यो, मैले पनि स्कूलमा पढ्दा नै विद्यार्थी राजनीति शुरु गरेको हुँ।’ सञ्जयका हजुरबुवा ठकाई यादव स्वतन्त्रता सेनानी हुन्। बुवा शिक्षण पेसामा आबद्ध थिए। आमा राजनीतिमा छन् ।

सञ्जयले त्रिचन्द्र क्याम्पसमा भर्ना भएपछि राजनीतिक गतिविधि झनै तीव्र बनाए। २०५७ सालमा इकाई सदस्य भएका सञ्जयलाई दिनहरु बित्दै जाँदा जिम्मेवारी पनि थपिँदै गयो।

२०६३ मा स्ववियु सदस्य भएका सञ्जय २०६५ सालमा स्ववियु सचिव भए। वि.सं. २०७३ मा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष भएका सञ्जयले प्रदेश नम्बर २ को संयोजकको जिम्मेवारी पाएका थिए।

सञ्जयको बाल्यावस्था

नेपाली कांग्रेसका युवा नेता यादवको जन्म वि.सं. २०३९ माघ १५ गते आमा ललिताकुमारी यादव र बुवा कृष्णलाल यादवका सुपुत्रका रुपमा सिरहाको लहान–२ मा भएको हो।

भानु प्राविमा कक्षा एकदेखि ५ सम्म अध्ययन गरेका सञ्जयले पशुपति माविबाट एसएलसी पास गरेका छन्। त्रिचन्द्र क्याम्पसबाट विज्ञान विषयमा स्नातक तहको अध्ययन पूरा गरेपछि उनले नेपाल ल क्याम्पसमा कानूनशास्त्र संकायमा स्नातक अध्ययनरत छन्। र, समाजशास्त्रमा स्नातकोत्तरको पढाइसकेका छन्।

सिरहाको विकासका एजेण्डा

तराई–मधेश भौगोलिक रुपमा सुगम भएपनि विकासका दृष्टिकोणले अझै पछि रहेको सञ्जयले बताएका छन्। ‘जनचेतनाको स्तर अझै सुधार गर्नुपर्ने स्थिति छ, कति गाउँ त शौचालयविहीन छन्,’ उनले भने, ‘त्यसैले अनिवार्य र सर्वसुलभ शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गर्नैपर्छ।’

त्यसैगरी, चुरे क्षेत्रमा दोहन र अतिक्रमण बढेको उल्लेख गर्दै सञ्जयले पानीको संकट आउनुभन्दा पहिल्यै आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्। ‘चुरे क्षेत्र पानीको भण्डार हो,’ उनले भने, ‘त्यसैले सर्वसाधारणसँगै राज्यले पनि चुरे संरक्षणका लागि पहल गर्नुपर्छ।’

युवा नेता यादवले प्रविधिको पहुँच विस्तार गरी नागरिकको दैनिकीलाई सहज बनाउनु पर्ने बताए। मधेशको जमीन बाँझो हुनुभन्दा पहिल्यै धर्तीको उर्भरापन जोगाउनु पर्नेमा उनको जोड छ।

‘कृषिक्रान्तिका बारेमा कुरा र बहस भएको धेरै भइसक्यो, अब काम हुनुपर्छ,’ सञ्जयले भने, ‘कृषिप्रधान देश नेपाललाई कृषिबाटै नमूना बनाउन सकिन्छ।’

अब पालो दोस्रो पुस्ताको

नेपाली जनताले युवा सोचबाट मुलुक सञ्चालन भएको हेर्न चाहेको उल्लेख गर्दै युवा नेता यादवले अब दोस्रो पुस्ताका नेताहरु नेतृत्वमा पुग्नुपर्ने बताएका छन्।

उनी भन्छन्, ‘नेपाली कांग्रेसमै पनि धेरै युवा नेताहरु हुनुहुन्छ, युवा नेतादेखि तरुण दल र नेवि संघका पूर्वअध्यक्ष, महामन्त्री तथा अन्य पदाधिकारीहरू पनि नेतृत्वका लागि सक्षम हुनुहुन्छ, अब उहाँहरुबाटै मुलुक निर्माणको नेतृत्व गरिनुपर्छ।’

कार्यकर्तालाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने नेता यादवको तर्क छ। ‘कांग्रेस कार्यकर्ताले बनाएको हो, नेताले होइन,’ उनले भने, ‘कार्यकर्ताको सम्मान गर्नुपर्छ, र कार्यकर्ताको भावना बुझ्ने नेताहरुले नै पार्टी हाँक्नुपर्छ।’

कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरको अन्तरवार्ता (भिडियो)

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल