Logo

राजनीति

काठमाडौं–५ का स्वतन्त्र उम्मेदवार थापा भन्छन्, ‘बालुवाटार र शितल निवासले नेपाली जनतालाई दुःख दिए’



काठमाडौं, भदौ ९ गते । सामाजिक अभियन्ता हेमराज थापाले काठमाडौं क्षेत्र नम्बर–५ मा उम्मेदवार दिने घोषणा गर्दै अब प्रचारप्रसारमा जुट्ने बताएका छन् ।

भ्रष्टाचार विरोधी अभियानमा सक्रिय युवा अभियन्ता थापाले बालुवाटार र शितल निवास भएकै क्षेत्रबाट उम्मेदवारी दिने बताएका हुन् । यस विषयमा ४ हजारभन्दा धेरै स्थानीयबासीसँग अन्तरक्रिया गरिसकेको उनले बताए ।

हेर्नुहोस् अभियन्ता हेमराज थापाको अन्तरवार्ता (भिडियो)

स्वतन्त्र उम्मेदवारी दिने बताउँदै थापाले विभिन्न क्षेत्रका अगुवाहरूसँग अन्तरक्रिया गरेर आफ्नो उम्मेदवारी सशक्त बनाउने बताए । उनले राजनीतिक दलका नेताहरूबाट जनतालाई धोका भएको बताउँदै संसद्मा जनहितका पक्षमा आवाज उठाउने उल्लेख गरे ।

राजनीतिक शुद्धीकरणसहितका एजेन्डा उनले अघि सारेको छन् । २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित भएका थिए । नेपाली कांग्रेसका नेता प्रकाशशरण महत दोस्रो स्थानमा रहेका थिए ।

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल