Logo

राजनीति

प्रदीप दाइ सदैव प्रेरणापुञ्जका रूपमा रहनु हुनेछः सञ्चारमन्त्री



काठमाडौं, भदौ ७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरी सबै राजनीतिकर्मीका लागि सदैव प्रेरणापुञ्जका रूपमा रहने बताएका छन् ।

नेता गिरीको निधनपछि मन्त्री कार्कीले उनको स्मरण गर्दै राजनीतिक अभियन्ताहरूका लागि नेता गिरी प्रेरणा भएको बताएका हुन् ।

‘प्रदीप दाइ आफू अस्ताउनुभयो, तर नेपाली राजनीतिमा सिद्धान्त, निष्ठा र विचारको एउटा कहिल्यै ननिभ्ने दियो जगाउनुभयो, एक राजनीतिकर्मी सधैँ पद र प्रलोभनबाट बाहिर बस्न रुचाउनुभयो,’ उनले भने ।

नेता गिरीले आफूलाई राजनीति, दर्शन, साहित्य र विचारको एउटा विश्वकोषका रुपमा अग्ल्याएर सधैँ साधारण जीवनयापनमा रमाएको कार्कीको भनाइ छ ।

‘प्रदीप दाइको सरल जीवनशैली, असल चिन्तन र समयानुकूल विचार हरेक राजनीतिक पार्टी र राजनीतिकर्मी सबैका लागि सदैव प्रेरणापुञ्जका रूपमा रहनेछ,’ उनले भने ।

नेपाली कांग्रेसका नेता तथा सिरहाबाट निर्वाचित सांसद गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै मन्त्री कार्कीले शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन् । नेता गिरीको शनिबार राति उपचारको क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित : ७ भाद्र २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल