Logo

मनोरञ्जन

तीन विधा, तीन गीतिसंग्रह : कोभिड कहरपछि संगीतकार योगेन्द्र उपाध्यायको सांगीतिक छलाङ



काठमाडौं, साउन १९ गते । २०६७ र २०६८ सालको भक्ति संगीत प्रतियोगितामा प्रथम भएका संगीतकार योगेन्द्र उपाध्यायका गतिशील पाइलाहरू सांगीतिक क्षीतिजमा अघि बढिरहेका छन् ।

त्यसो त २०७१ सालको राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीततर्फ प्रथम भएपछि उनी निरन्तर साधनामा तल्लिन भए । त्यसैको प्रतिफल संगीतकार उपाध्यायले आफ्ना दर्शकश्रोताका लागि एकैसाथ तीन वटा कोशेली प्रस्तुत गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट संगीतमै स्नातकोत्तर गरी ‘ललितकलाचार्य’ उपमा प्राप्त गरेका संगीतकार योगेन्द्र उपाध्यायको तीनवटा गीति एल्वम् एकैसाथ विमोचन गरिएको छ । सांस्कृतिक संस्थानमा आयोजित कार्यक्रममा उपाध्यायका ‘सँगै हिडौँ न’, ‘काटीमा कुटी’ र ‘क्लियरकट’ गीति संग्रह विमोचन गरिएको हो ।

तीनवटै एल्वम् डश म्युजिकले उत्पादन तथा वितरण गरेको हो । वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ, गायिका ज्ञानु राणा, संगीतकार राजु सिंह, गायक शिव परियार, संगीतकार भुपेन्द्र रायमाझी, रेडियो नेपालका बोर्ड सदस्य तथा संगीतकार टीका भण्डारी, रोयल्टी संकलन समाजका महासचिव बी. पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, डश म्युजिकका कार्यकारी निर्देशक तथा संगीतकार शंकर थापा स्माइल र संगीतकार योगेन्द्र उपाध्यायले गीति संग्रह विमोचन गरेका छन् ।

संगीतकार उपाध्यायले २०७६ सालमै पहिलो एल्वम् रिलिजको तयारी गरेको बताउँदै कोभिड–१९ का कारण रोकिएको जानकारी दिए । कोभिडका कारण रोकिएपछि तीनवटा एल्वम् एकसाथ सार्वजनिक गरेको उल्लेख गर्दै उपाध्यायले आफूले सिकेको संगीतका विभिन्न सुरलाई एल्वम्‌मार्फत प्रस्तुत गर्ने प्रयास गरेको बताए ।

उपाध्यायका तीनवटै एल्वम्‌ फरक–फरक विधाका छन् । उनका अनुसार ६ वटा गीत समावेश भएको ‘सँगै हिडौँ न’ आधुनिक तथा गजल गीतहरूको संग्रह हो । सात वटा गीत समावेश ‘काटीमा कुटी’ लोक शैलीको गीतको संग्रह हो । सातै वटा गीत समावेश भएको ‘क्लियरकट’मा वेस्टर्न शैलीका गीत समावेश गरिएको छ ।

कमेडीभित्रको कठिन संघर्ष, जीतु नेपाल मुन्द्रेको अन्तरवार्ता (भिडियो)

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल