Logo

राजनीति

कोशी ब्यारेजका सबै ढोका खुलाउन अनेरास्ववियुको माग, अध्यक्ष बराल भन्छिन्, ‘उद्दार र राहत यथाशीघ्र गरियोस्’



काठमाडौं, साउन १९ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सप्तकोसीको ढोका खोल्न कूटनीतिक तवरले कार्य गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष सुनिता बरालले बिहीबार एक विज्ञप्ति जारी गरी सुनसरीको बराह क्षेत्र र उदयपुरको बेलका नगरपालिकाका दुई हजारभन्दा बढी घरपरिवार विस्थापित बनाएकोप्रति स्तब्ध बनेको उल्लेख गर्दै उद्दार र राहतका लागि यथाशीघ्र कार्य गर्न सरकारसमक्ष माग गरेकी छन् ।

बरालले विगत केही दिनदेखिको अविरल वर्षको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च हुँदा भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेपछि नदीमा आएको बाढीले डुम्रिबोटेबाट तटबन्ध भत्काएर पश्चितमतर्फ श्रीलंका टापु प्रवेश गरेर सुनसरीको बराह क्षेत्र र उदयपुरको बेलका नगरपालिकाका करिब २ हजार घरपरिवारलाई पीडित बनाएको घटनाले स्तब्ध बनाएको बताएकी छन् ।

गोकुल बाँस्कोटाको च्यालेन्ज, ‘सिंगल–सिंगल आउन् एमाले भिड्न तयार’ (भिडियो अन्तरवार्ता)

प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ गम्भीर नभई उदासीनताका कारण पनि दिन प्रतिदिन ठूलो मात्रामा क्षति भइरहेको उनको टिप्पणी छ ।

भारतसँग कूटनीतिक पहल गरेर कोसी ब्यारेजका सबै ढोका खुलाउन पनि सरकारसँग माग गरिएको छ।

चौखुर्‍याएर जेल हाल्न गोकुल बाँस्कोटाको चेतावनी (भिडियो अन्तरवार्ता)

‘सरकारले कूटनीतिक पहलमार्फत कोसी ब्यारेजका सबै ढोकाहरु खुलाउन आवश्यक पहल यथाशीघ्र गरोस् । कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोरसहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राख्न आग्रह गर्न चाहन्छौं,’ बरालले भनेकी छन् ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल