Logo

राजनीति

निर्वाचनको मौन अवधिमै पैसा बाँड्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : प्रदीप पौडेल



काठमाडौं, असार २३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा पछिल्लो समय बढ्दै गएको खर्चिलो प्रकियाले चुनौती थपिएको बताएका छन् ।

काठमाडौंमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा पौडेलले  निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उम्मेदवारले खर्च गर्ने गरेको बताएका हुन् । उनले यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखे ।

नेता पौडेलले पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुने उल्लेख गर्दै यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको बताए ।

गोकुल बाँस्कोटाको च्यालेन्ज, ‘सिंगल–सिंगल आउन् एमाले भिड्न तयार’ (भिडियो अन्तरवार्ता)

‘निर्वाचन कानुन र आचारसंहिता धेरै छन्, कतिपय रूपमा आयोग सक्रिय देखिए पनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन । अब संघको निर्वाचनमा उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यवस्था छ । अहिले त्यो खर्चमा एक–दुईले निर्वाचन लडेका होलान्, नत्र धेरै ठाउँमा यो सीमाभित्र कसैले चुनाव लडेका छैनन् । यतिमात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ताखालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन्,’ उनले भने ।

कार्यक्रममा नीति अध्ययन प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, नेपाल बार एशोसिएशनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्तिराम रिजाल लगायतले ‘आर्थिक सुशासन र निर्वाचन’ विषयमा धारणा राखेका छन् ।

आज पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन, हेर्नुहोस् त्यो रात गृहमन्त्रीसँग के भएको थियो (अन्तरवार्ता)

प्रकाशित : २३ असार २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल