Logo

राजनीति

निर्वाचन खर्च नियन्त्रण गर्नुपर्छ : पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल



काठमाडौं, असार २३ गते । निर्वाचन आयोगका पूर्व प्रमुख भोजराज पोखरेलले पछिल्लो समय आयोगले तोकेको निर्वाचन खर्चको सीमाको विषयमा प्रश्न उठाएका छन् ।

काठमाडौंमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा पोखरेलले गर्ने विषय कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका हुन् । उनले खर्चको सीमा निर्धारण गर्ने विषय कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका हुन् ।

पोखरेलले अहिलेका निर्वाचन निकै खर्चिला हुँदै गएको बताए । उनले मापदण्डअनुसार काम नहुँदा समस्या भएको बताए ।

‘उम्मेदवारको खर्च तीव्र गतिमा बढेको छ, आयोगको एउटा मापदण्ड छ, मापदण्ड एकातिर छ उम्मेदवारको खर्च अर्कातिर छ, कि आयोगले उम्मेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्‍यो कि यो खर्च सीमा हटाउनु पर्‍यो, नत्र त यो हाँस्यापद मात्र भयो,’ उनले भने ।

कार्यक्रममा नीति अध्ययन प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, नेपाल बार एशोसिएशनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्तिराम रिजाल लगायतले ‘आर्थिक सुशासन र निर्वाचन’ विषयमा धारणा राखेका छन् ।

प्रकाशित : २३ असार २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल