Logo

आर्थिक

देशको आर्थिक संकट निवारण गर्न राज्यले प्रभावकारी भूमिका नखेलेको आरोप



काठमाडौं, असार १७ गते । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले राज्यले उद्योगी व्यवसायीहरुलाई संरक्षण नगरेर मूकदर्शक बनेको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागले मुलुकको आर्थिक संकट, आर्थिक अराजकता र आर्थिक असुरक्षाको अवस्थाका कारण उद्योगी व्यवसायीहरु पीडित हुनु परेको र यस्तो पीडाका बेलामा राज्यले उद्योगी व्यवसायीहरुलाई संरक्षण गर्नुपर्नेमा कुनै ठोस सहयोग नगरेको र राज्यले अभिभावकीय भूमिका नखेलेर मूकदर्शक बनको भन्दै आपत्ति जनाएको छ । देशको वर्तमान आर्थिक संकटप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

उसले उद्योगी व्यवसायीहरुको पीडामा मलम लगाउने र आफूहरुलाई संरक्षण गर्ने राज्य छ भन्ने अनुभूति दिलाओस् भन्ने आफूहरुको अपेक्षा रहेको जनाएको छ । विभागले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण रुपमा असन्तुष्टि जनाएको छ । बजेटमा उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कुनै पनि प्रभावकारी नयाँ कार्यक्रम आउन नसकेको उसको भनाइ छ । सरकारले महँगी नियन्त्रण गर्न नसकेको र उद्योगीलाई राहत हुने र उपभोक्तालाई सहुलियत दिने कुनै पनि काम ल्याउन नसकेको उसको आरोप छ ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल