Logo

आर्थिक

सेयर लगानीकर्ता कोइरालाले १० औं दिनमा तोडे अनसन



काठमाडौं, अषााढ १० गते । पूँजीबजार सुधारका विभिन्न माग राखेर १० दिनदेखि आमरण बसेका तिलक कोइरालाले अनसन तोडेका छन् ।

पूँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालालाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जुस पिलाएर शुक्रबार अनसन तोडाएका हुन् । बोर्डसँग १९ बुँदे सहमति गरेपछि कोइरालाले अनसन तोडेका हुन् ।

संघर्ष समितिले राखेका माग पुरा गर्न नेपाल धितोपत्र बोर्डले कार्यान्वयन समितिले बनाएसँगै कोइराला अनसन तोड्न राजी भएका हुन् । अनसान तोड्नुअघि बोर्ड अध्यक्ष हमालले लानीकर्ताले उठाएका १९ बुँदे माग पुरा गर्न नवगठित कार्यन्वयन समितिले आइतबारबाटै काम थाल्ने प्रतिवद्धता जनाएका थिए ।

असार १ गते देखि बोर्ड परिसरमा अनसन बसेका कोइरालाले अनसन तोडेपछि आफूले उठाएका मागहरु पुरा भएको प्रतिक्रिया दिएका छन् ।

अनसन तोडेपछि फेसबुकमा कोइरालाले लेखेका छन् ‘सबैमा बधाई, १९ बुँदे माग पुरा र पूँजी बजारको जीत भयो, मैले अनशन तोडेँ।’

प्रकाशित : १० असार २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल