Logo

आर्थिक

अघिल्लो बुलको माथिल्लो बिन्दु मिच्दै ओरालो लाग्यो सेयर बजार



काठमाडौं, आषढ ९ गते । सेयर बजारमा पहिरो जाने क्रम बिहीबार समेत निरन्तर जारी रह्यो । यस दिन कुल ४५.२५ अंकले घटेको छ । सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१ .१२ साउन २०७३० लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ ।

सबै उपसमूहहरु राताम्य रहेको बिहीबार जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बुधबारको तुलनामा कारोबार रकम बढेका कारण लगानीकर्ता अत्तालिन थालेर बेचिरहेको देखिन्छ ।

बिहीबार कुल २३७ वटा कम्पनीको ३३ हजार ४६० वटा कारोबारबाट ५० लाख ८ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

घट्दो बजारमा पनि आँधीखोला लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लाग्यो । यसको मूल्य ९६०.७० रुपैयाँ पुगेको छ । सीईओसी नेपाल लघुवित्तको मूल्य ९.९९ प्रतिशतले बढेर ६०५.३० रुपैयाँ पुगेको छ ।

बिहीबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा शिवश्री हाइड्रो रह्यो । ९.५६ प्रतिशत कम भएको यो कम्पनीको मूल्य २२७ रुपैयाँमा झरेको छ । लिवर्टी इनर्जीको मूल्य ९.२१ प्रतिशत ओरालो लाग्दा २०७ रुपैयाँमा झरेको छ । सामलिङ पावर, एनआईबीएल प्रगती फण्ड, जोशी हाइड्रोसहितका कम्पनीको मूल्य बढी घटेको छ ।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल