Logo

राजनीति

विदेशी दलाललाई जोगाइराख्ने कि, दलाल सिध्याएर देश बनाउने ? : राजेन्द्र लिङ्देन (अन्तरवार्तासहित)



काठमाडौं, असार ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई विदेशीको प्रमुख राजनीतिक दलहरू भ्रष्टाचारमा डुबेकाले वैकल्पिक राजनीतिक शक्तिका रुपमा राप्रपा आएको उद्घोष गरेका छन् ।

अध्यक्ष लिङ्देनले नयाँ सोच, लक्ष्य र योजनाका साथ राप्रपा अघि बढेकाले आगामी निर्वाचनमा त्यसको परिणाम देखिने बताएका छन् । उनले २०४६ सालको राजनीति परिवर्तनपछि नेपालको राजनीतिमा नेतृत्व गर्दै आएको पुस्तालाई बिदा गर्नुपर्ने बताए । देशमा बढिरहेको विदेशी हस्तक्षेपप्रति सचेत हुनुपर्ने बताउँदै लिङ्देनले सबै राष्ट्रवादी शक्तिहरूलाई एकजुट हुन अपिल गरे ।

देउवाको अमेरिका भ्रमण र अन्य विविध विषयमा लिङ्देनसँग अन्तरवार्ताः

‘नेपालको राजनीतिमा विदेशीको सहयोग बिना यो देश चल्न सक्दैन, विदेशीको सहयोग बिना प्रधानमन्त्री बन्न सकिँदैन, बनियो भने पनि टिक्न सकिँदैन भन्ने संस्कारको विकास भयो र नेपालको निर्णायकत्व विदेशीको हातमा जिम्मा दिने प्रचलन प्रारम्भ भयो, त्यसैको निरन्तरता स्वरुप अहिले चलखेलका श्रृंखलाहरूको विकृत रुप देखिन थालेको छ,’ अध्यक्ष लिङ्देनले भने ।

अध्यक्ष लिङ्देनले नेपाल अघोषित रुपमा शक्ति राष्ट्रको खेलमैदान हुन थालेको र नेपाल एकपक्षमा ढल्किँदै गएको हो कि भन्ने आभास हुन थालेको टिप्पणी गरेका छन् ।

‘एमसीसी संसद्मा प्रस्तुत भएपछि परराष्ट्र नीतिमा सन्तुलन गुमायौ । ठुला दलले परराष्ट्र नीतिमा कमजोरी गरे । शक्तिराष्ट्रको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरा देखियो भनेका थियौँ, अहिले आएर पुष्टि भयो,’ उनले भने ।

अध्यक्ष लिङ्देनले २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको राजनीतिमा नेतृत्व गर्दै आएका सबै नेताहरू र नेतृत्व बदल्न जरुरी रहेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य राजनीतिक दलहरूसँग गठबन्धनको सम्भावना रहेका बताएका लिङ्देनले राप्रपामा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ढोका बन्द भएको घोषणा गरे ।

देउवाको अमेरिका भ्रमण र अन्य विविध विषयमा लिङ्देनसँग अन्तरवार्ताः

प्रकाशित : ५ असार २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल