Logo

राजनीति

विश्वप्रकाशको उद्घोष, ‘कांग्रेसलाई एसपिपी स्वीकार्य छैन’



काठमाडौँ, असार १ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) स्वीकार गर्न नसकिने प्रष्ट पारेका छन्।

महामन्त्री शर्माले बुधबार ट्वीटमार्फत नेपाली काँग्रेस र काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) स्वीकार्य नहुने बताएका हुन्।

शर्माले अमेरिकालाई धन्यवाद दिएर स्टेट पार्टनरशीप प्रोग्राम स्वीकार गर्न नसकिने बताउनुपर्ने उल्लेख गरेका छन् ।

‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ– नो थ्याङस् एसपीपी, हामीलाई स्वीकार्य छैन । काँग्रेसको धारणा यही बन्नेछ । र, काँग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ,’ शर्माले भनेका छन् ।

‘हामी साझा ढङ्गले प्रष्ट छौं, समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य,’ महामन्त्री शर्माको प्रष्टोक्ति छ।

ज्ञानेन्द्र र गिरिजाबीचको गोप्य सम्झौता के थियो, त्यो साँझ राजा ज्ञानेन्द्र र गृहमन्त्रीले के गरे ? (भिडियो)

प्रकाशित : १ असार २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल