Logo

समाचार

सपना, चाहना, लक्ष्य यति हो :महागरपालिका प्रमुख बालेन्द्र शाह



काठमाडौं, जेष्ठ ३१ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले आफ्नो फेसबुक पेजमा गल्लीमा बालकहरूसँग फुटबल खेलेको भिडियो पोस्ट गरेका छन् ।

निर्वाचित भएदेखि काठमाडौंको फोहोर व्यवस्थापन गर्न दौडधुप गरिरहेका मेयर बालेनले सोमबार राति उक्त भिडियो पोस्ट गरेका हुन् ।
“चाहना यो हो कि म यसरी नै जहाँ पनि पुग्न सकौँ सँधै । साना भाइबहिनीहरू गल्लीमा खेल्दै गर्दा म त्यहीँ पुगौँ,” बालेनले फेसबुकमा लेखेका छन्, “घरघरमा ‘आराम हुनुहुन्छ’ भन्दै पुगौँ । हरेकले सुनाउनु पर्ने समस्याका कुरा सहजै सुन्न सक्ने ठाउँमा भइरहुँ । म पुग्नै नसक्ने र भेट्नै नसक्ने बन्न नपरोस् ।”

उनी थप्छन्, “आममान्छेको प्रतिनिधि मात्रै हुँ म । आममान्छे जस्तै हुन सकौँ ।” “सम्भवतः अहिले नयाँ भएर, धेरै चासोले गर्दा, व्यस्त भएर, समय अभावले गर्दा अलिक ‘असामान्य’ भइरहेको जस्तो लाग्छ,” बालेन लेख्छन्, “अहिलेको दौडधुप र हतारो त्यो बनाउनका लागि हो कि कुनै दिन महानगरको व्यवस्थापन यति नियमित बनोस्, मेयर फुर्सदिलो बनोस् । अनि यसरी नै भेटियोस् । र, महानगर आफ्नै गतिमा सहज ढंगले अगाडि बढिरहोस् ।”

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल