Logo

आर्थिक

सिद्धार्थ बैंक बेस्ट अपरेसन्स बैंक इन साउथ एशिया २०२१ अवार्डबाट सम्मानित



काठमाडौं, जेठ ७ गते । सिद्धार्थ बैंक लिमिटेड बेस्ट अपरेसन्स बैंक इन साउथ एशिया २०२१ बाट सम्मानति भएको छ ।

विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स करपोरेसन आईएफसी द्वारा आयोजित १० औं ग्लोबल ट्रेड अवार्डमा उक्त कम्पनीले सो उपाधि प्राप्त गरेको हो ।

आईएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको हो जसमध्ये उक्त कम्पनीले सो अवार्ड प्राप्त गरेको हो ।

आईएफसी अन्तरगत रहेका नेटवर्क बैंकहरु मध्ये आफ्ना ग्राहकहरुलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएका कम्पनीले बताएको छ ।

शुक्रवार आयोजित एक विशेष कार्यक्रममा आईएफसीका तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ सुन्दर प्रसाद कडेललाई सो उपाधिको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

सो अवसरमा उनले आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न प्रेरित गरेको बताए ।

प्रकाशित : ७ जेष्ठ २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल