Logo

आर्थिक

शहरी क्षेत्रका सहकारीलाई वित्तीय कारोबारमा रोक लगाउन सुझाव



काठमाडौं, जेष्ठ २ गते । बैंक तथा वित्तीय संस्थाहरुको बाक्लो उपस्थिती रहेको ठाउँमा सहकारी मार्फत भइरहेको वित्तीय कारोबार रोक्न सर्वसाधारणले सुझाव दिएका छन् । आर्थिक वर्ष २०७९÷८० को बजेटका लागि सुझाव दिदै उनीहरुले शहरी क्षेत्रका सहकारीले गर्ने वित्तीय कारोबार र घरजग्गामा लगानी गर्न रोक लगाउन सुझाव दिएका हुन् ।

यसैगरी बचत तथा ऋण सहकारी संस्थाले सहकारीको सिद्धान्त, भावना अनुसार कार्य नगरी लगानीमा चर्को ब्याज लिई ठगी गरेकोले खारेज गर्न समेत सर्वसाधारणको सुझाव दिएका छन् । सहकारी र समूहलाई कम्युन मोडलमा रुपान्तरण गर्ने गरी बजेट विनियोजन हुनुपर्ने, सहकारी र समूहलाई उत्पादन मूलक तालिमको ब्यवस्था गर्नुपर्ने सर्वसाधारणले सुझाएका छन् ।

यसैगरी निजी क्षेत्रका होटल, बैंक, बित्तीय संस्था, सहकारी लगायत जिल्ला स्तरमा कार्यरत संघ/संस्थाले पनि केन्द्रमा दर्ता हुनुपर्ने व्यवस्था गर्न, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट स्थानीय तहका सहकारी मार्फत उत्पादन मूलक काममा खर्च गर्ने पनि माग गरेका छन् ।

बजेटमा सर्वसाधारणको सुझाव समेट्नका लागि अर्थमन्त्रालयले ११३८ नम्बरको टोल फ्रि नम्बर संचालनमा ल्याएको छ । टेलिफोनबाट आएका सुझाव अध्यन गरी बजेटमा समेट्ने प्रयास गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल