Logo

धर्म

छुट्टीमा भिक्षाटनमा निस्किए बाल भिक्षुहरु



काठमाडौं वैशाख ३० गते । भक्तपुर नगरपालिका ७ मा रहेको मुनि विहारका बाल भिक्षुले शुक्रबार भिक्षाटन गरेका छन् ।

मुनि विहारबाट पैदल हिडेर उनीहरु सूर्यविनायक नगरपालिकास्थित देउजा गाउँसम्‍म भिक्षाटनका लागि पुगेका हुन् ।

मुनि विहारका प्रमुख भिक्षु विपस्सी महास्थविरले बाल भिक्षुहरुको स्कुल छुट्टि भएपछि भिक्षाटनमा पठाएको बताए । उनले अनलाइनखबरसँग भने, ‘अहिले भिक्षुहरुको स्कुल विदा छ । त्यसकारण छुट्टिको समयमा भिक्षाटनमा लगेका हौं ।

उनका अनुसार ५५ जना बाल भिक्षुहरु भिक्षाटनमा सहभागी थिए ।

प्रकाशित : ३० बैशाख २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल