Logo

आर्थिक

आजदेखि आईपीओ खुलेको रिभर फल्सको कस्तो छ वित्तीय अवस्था



काठमाडौं, बैशाख २८ गते । आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओको बिक्री खुलाएको रिभर फल्स पावर कम्पनी​को प्रतिसेयर नेथवर्क आर्थिक वर्ष २०७५/७६ मा ८८.६६ थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ८९.६३ रुपैयाँ थियो यसैगरी, २०७८ पुस मसान्तमा ८६.६१ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आर्थिक वर्ष २०७८/७९ मा ९२.५६ रुपैयाँ र आगामी आर्थिक वर्षमा १०२.७१ रुपैयाँ पुग्नेछ ।

यसैगरी, २०७५ सालमा प्रतिकित्ता १०६ रुपैयाँ रहेको आम्दानी चालू आर्थिक वर्षमा बढेर १०.०५ रुपैयाँ पुगेको छ । यसैगरी, आगामी आर्थिक वर्षमा यसको प्रतिसेयर आम्दानी १३.४७ रुपैयाँ पुग्ने धितोपत्र बोर्डले जानकारी दिएको छ ।

कम्पनीले प्रबद्र्धन गरिरहेको १०.३० मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत आयोजनाको कूल अनुमानित लागत प्रति मेगावाट १८ करोड ६ लाख १५ हजार रुपैयाँ छ । उक्त आयोजनाबाट विद्युत उत्पादन अनुमती पत्र बहाल रहने अवधि २०७० सालदेखि २१०५ सम्म छ । यसैगरी, ६.३२वर्षमा कम्पनीको गरिएको लगानी फिर्ता हुने छ ।

कम्पनीले आजदेखि सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषका लागि २७ लाख ३० हजार सेयरको बिक्री खुलाएको हो ।जसमध्ये कर्मचारीलाई ५४ हजार ६०० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ३६ हजार ५०० कित्ता र सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता सेयर छुट्याइएको छ । सेयर बिक्री खुला जेठ ४ गतेसम्म रहने छ भने उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेयर लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाउने बिक्री प्रबन्धकले जनाएको छ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल