Logo

राजनीति

उपसभापति धनराज गुरुङको नेतृत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’



काठमाडौँ, वैशाख १७ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गरेका छन् ।

सभापति देउवाले कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार आज सो उपसमिति गठन गरेका कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

उपसमितिको सदस्यमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुली रहेका छन् ।

उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पौडेलले बताए ।

भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको सदस्य थप

नेपाली कांग्रेसले भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज आचार्यको संयोजकत्वमा रहेको भातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको हो ।

उक्त समितिको सदस्यमा प्रकाश पन्त तनहुँ, धना खतिवडा ललितपुर, गोमा केसी ओखलढुङ्गा, प्रेमध्वज लामा सिन्धुपाल्चोक, मणि उप्रेती झापा, उत्तम चापागाईँ भोजपुर, रेशम गुरुङ गोरखा, जगत बराम गोरखा, गणेश तिमिल्सिना चितवन, कुशुम थापा रुकुमपूर्व, मेघराज टण्डन कपिलवस्तु, भोजराज श्रेष्ठ सिन्धुपाल्चोक, निर्मला निरु खड्का ललितपुर, मोहम्मद जब्बारद्दिन मियाँ तनहुँ रहेका छन् ।

यस्तै सिर्जना मल्ल पर्वत, अनिलकृष्ण प्रसाई झापा, परोपकार अधिकारी काठमाडौँ, विपीन रामदम चितवन, प्रमोदहरी गुरागाई काठमाडौँ, मधुकर खनाल काभ्रेपलाञ्चोक, वजरङ्ग नेपाली महोत्तरी, लाओस राई नुवाकोट, युवराज पाण्डे स्याङ्जा, सञ्जीव यादव धनुषा, दीपक भण्डारी बर्दिया, क्षीतिज भण्डारी कैलाली, सन्तोष कट्टेल सोलुखुम्बु, पुनम लामा काठमाडौँ, सोपानसिंह बोहरा डोटी र कञ्चनपुरका हरिहर परियार रहेका छन् ।

यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय सदस्य पाण्डेको संयोजकत्वमा भातृ सङ्घ समन्वय एवं परिचालन उपसमिति गठन गरेका थिए ।

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल