Logo

मनोरञ्जन

कट्रिना कैफ र विक्की कौशलको विवाहविरूद्ध राजस्थानका वकिलद्वारा उजुरी दर्ता



विक्की कौशल र कट्रिना कैफको आजदेखि तीन दिनसम्म चल्ने विवाहको विषयलाई लिएर राजस्थानका एक वकिलले उजुरी दर्ता गराएका छन्।

राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाह समारोह ७ देखि ९ डिसेम्बरसम्म चल्ने कार्यक्रम छ। यसैबीच एक स्थानीय वकिलले उनीहरूको विवाहको विषयलाई लिएर उजुरी दर्ता गराएका छन्।

समाचार एजेन्सी आईएएनएसका अनुसार जिल्ला विधिक सेवा प्राधिकरणमा दर्ता भएको उजुरीमा विवाहको कारण एक मन्दिरको बाटो अवरूद्ध हुने भन्दै त्यसलाई रोक्न माग गरिएको छ।

यसअघि स्थानीय प्रशासनले विवाहको समयमा सोमबारदेखि आइतबारसम्म चौथ माता मन्दिरको बाटो बन्द गराएको छ। सडक अवरूद्ध भएकाले हजारौं श्रद्धालु समस्यामा परेको भन्दै स्थानीय वकिल नेत्रविन्द सिंहले सिक्स सेसेन्ज फोर्डका प्रवन्धक, कैटरिना कैफ, विक्की कौशल र जिल्ला कलेक्टरविरूद्ध उजुरी दर्ता गराएका हुन्।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल