Logo

खेलकुद

एशियाबाट यी देशहरुले विश्वकप खेल्ने सम्भावना बलियो, यस्तो छ ताजा अवस्था



एजेन्सी – फिफा विश्वकप २०२२ मा १३ टोलीले स्थान पक्का गरिसकेका छन्। कतारले आयोजकका रुपमा विश्वकप खेल्दैछ भने युरोपका १० र दक्षिण अमेरिकामा २ टोलीले कतारको टिकट पक्का गरेका छन्।

कतारको टिकट पक्का गर्ने युरोपका देशहरुमा इंग्ल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, जर्मनी, सर्बिया, स्पेन, क्रोएसिया, स्विटजरल्याण्ड र नेदरल्याण्डस् रहेका छन्।
दक्षिण अमेरिकी छनोटबाट ब्रािजल र अर्जेन्टिनाले विश्वकपमा स्थान बनाइसकेका छन्।

एसियाबाट हालसम्म कुनै पनि टोलीले विश्वकपमा स्थान पक्का गरेका छैन। हाल एशियन छनोटमा तेस्रो चरणमा खेलहरु भइरहेका छन्। १२ टोलीलाई ६–६ गरी २ समूहमा बाँडिएको छ। ती दुई समूहको शीर्ष २ मा पर्ने ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

दुई समूहको तेस्रो स्थानमा रहेका टोलीले एकअर्काविरुद्ध एक खेल्नेछन् र जित निकाल्ने टोलीले इन्टरकन्फेडेशेसन प्ले अफ खेल्नेछ।

वर्तमान स्थितिलाई हेर्न हो भने समूह एबाट इरान र साउथ कोरियाले विश्वकप खेल्ने सम्भावना बलियो छ। समूहमा ६ खेलबाट १६ अंक जोडेको इरान शीर्षस्थानमा छ भने समान खेलबाट १४ अंकका साथ साउथ कोरिया दोस्रो स्थानमा छ।

समूह बीमा कडा प्रतिस्पर्धा देखिएको छ। विशेषगरी ५ टोलीबीच सिधै छनोट हुन प्रतिस्पर्धा देखिएको छ। हाल साउदी अरेबिया ६ खेलबाट १६ अंकका साथ शीर्षस्थानमा रहेको छ।

समान खेलबाट १२ अंकका साथ जापान दोस्रो स्थानमा रहँदा ११ अंक जोडेको अष्ट्रेलिया तेस्रो स्थानमा छ। यो समूहबाट साउदी अरेयिबा, अष्ट्रेलिया र जापानमध्ये २ टोलीले विश्वकपमा स्थान बनाउने सम्भावना बलियो छ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल