Logo

धर्म

सबैभन्दा असल श्रीमान् साबित हुन्छन् यी ४ राशिका पुरुष



काठमाडौँ-सबै जसो युवतीले मनमा सपनाको राजकुमारको कल्पना गरेका हुन्छन् । उनीहरुको चाहना आफूलाई माया गर्ने अनि आफ्नो ख्याल राख्ने श्रीमान् नै हुन्छन् ।

आफू र आफ्नो परिवारको सम्मान अनि कदर गर्ने पुरुष नै उनीहरुको मनमा बस्न सक्छन् । ज्योतिषशास्त्र अनुसार केहि यस्ता राशि छन् जसका स्वामी सबैभन्दा असल श्रीमान् सावित हुन्छन् ।

यिनीहरु श्रीमतीको पुरा ख्याल राख्छन् अनि नभने पनि श्रीमतीको मनको कुरा बुझछन् । यिनीहरु मुश्किल घडिमा श्रीमतीका साथ रहन्छन् र उनका साना-ठुला हर आवश्यकतामा ध्यान पुर्याउँछन् ।

वृष -यो राशीका पुरुष आफ्नो प्रेममा वफादार हुन्छन् । यिनीहरु आफ्नी श्रीमतीलाई कहिल्यै धोका दिँदैनन् । यिनीहरु श्रीमतीलाई आँखाको नानीमा राख्छन् ।

श्रीमतीलाई खुशी तुल्याउन हमेशा केही न केही गरिरहेका हुन्छन् । यिनीहरु नभनिकनै श्रीमतीको हर कुरा बुझ्न सक्छन् । यिनका लागि वैवाहिक जीवन पहिलो प्राथमिकता हुन्छ ।

कर्कट- यो राशिका पुरुष निकै घरेलू मानिन्छन् । यिनीहरु बढीभन्दा बढी समय परिवारसँग बिताउन चाहन्छन् । कर्कट राशी हुनेहरु रोमान्टिक र केयरिङ स्वभावका हुन्छन् ।

यिनीहरु आफ्नी जीवन साथीका लागि केही न केहि खास गरिरहेका पाइन्छन् । यिनीहरु हर परिस्थितिमा जीवन संगिनिका साथ खडा देखिन्छन् ।

धनु – यो राशीका पुरुषहरु आफ्नी जीवनसाथीलाई स्पेशल फील गराउन केहि न केहि गरिरहेका हुन्छन् । यिनीहरुको स्वभाव निकै केयरिङ खालको हुन्छ ।

यिनीहरुको वैवाहिक जीवन सुखद रहन्छ । यिनीहरुले आफै पनि असल जीवनसाथी प्राप्त गर्छन् । धनु राशीका स्वामीहरु परफेक्ट जीवनसाथी सावित हुन्छन् ।

मीन स् यो राशीका पुरुषका लागि लब लाइफ प्राथमिकतामा रहन्छ । यिनीहरु रोमान्टिक स्वभावका हुन्छन् । यिनीहरुको वैवाहिक जीवन खुसी र सुखले भरिपूर्ण हुन्छ ।

यिनीहरु बढीभन्दा बढी समय समय आफ्नी लाइफ पार्टनरसँग गुजार्न चाहन्छन् । यो राशीका पुरुष वेस्ट श्रीमान सावित हुन्छन् ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल