Logo

समाज

बुधबारदेखि सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा



जनकपुरधाम प्रदेश २ सरकारले रामजानकी विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेको छ । संघीय सरकारले दिने सार्वजनिक बिदा बाहेक प्रदेश सरकारले दिने अतिरिक्त सार्वजनिक बिदाअन्तर्गत बुधवार सार्वजनिक बिदा दिइएको हो ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महोत्सवमा हुने भिडभाडलाई मध्यनजर गर्दै नगरभित्र रहेका सम्पूर्ण सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरूलाई २१ देखि २३ मंसिरसम्म बन्द गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, महोत्सव अन्तर्गत आइतबार तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ । पौराणिक कालमा भगवान् राम र सीताको विवाह पूर्व भागवानले सर्त अनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई दिएको धनुष भाँच्ने गरिन्छ । त्यसलाई धनुष यज्ञ भनिन्छ ।

जानकी मन्दिरकै परिसरमा आइतबार राति धनुष यज्ञ बनाइएको छ । विवाहपञ्चमीको पहिलो दिन शुक्रबार नगरदर्शन र दोस्रो दिन शनिबार फूलबारी लीला सम्पन्न भइसकेको छ ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल