Logo

मनोरञ्जन

सन्त पाख्रिन र रीता केसीको ‘पाइन्ट लाउने चाहिँ’मा सविन र यायाको अभिनय (हेर्नुहोस् भिडियो)



काठमाडौं – गायक सन्तबहादुर पाख्रिन र गायिका रीता केसीको आवाजमा रहेको ‘पाइन्ट लाउने चाहिँ’ बोलको गीत सार्वजनिक भएको छ । लोक दोहोरी भाकामा रहेको गीतमा मोडल सविन तामाङ र याया लामा (लुरी फुच्ची)ले अभिनय गरेका छन् ।

वेस्टर्न ट्रयाकमा रहेको लोक दोहोरी गीतको म्यूजिक भिडियोमा ‘पाइन्ट लाउने चाहिँ साह्रै मन पर्‍यो’मा युवाहरूको प्रेम प्रसंग र रोमान्स देखाइएको छ ।

बारा जिल्लाको जैतापुर घर भएका गायक पाख्रिनले यसअघि झण्डै एक दर्जन गीत ल्याइसकेका छन् । ‘नेपाल म्यूजिक च्यानल’बाट सार्वजनिक गीत नेपाली समाजमा रुचाइने अपेक्षा गायक पाख्रिनको छ ।

‘नेपाली लोक संगीतलाई थोरै वेस्टर्न फ्लेवर लिएर गीत प्रस्तुत गरेका छौं, मेरो टीमले निकै मेहनत गरेको छ, पक्कै पनि नेपाली संगीतका पारखीहरूलाई यो गीत मन पर्छ,’ पाख्रिनले भने ।

त्यसैगरी, गायिका रीता केसीले नयाँ शैलीको गीत प्रस्तुत गरिएको बताउँदै नेपाली लोक संगीतमा यसले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेकी छिन् ।

मोडल तथा कलाकार सविन तामाङले अभियन यात्राका दौरान नयाँ शैलीको गीत प्रस्तुत गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

हेर्नुहोस् भिडियोः

प्रकाशित : २५ आश्विन २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल