Logo

राजनीति

अनेरास्ववियुले भन्यो, ‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ, उद्योगमन्त्री हमाललाई तत्काल बर्खास्त गर’



काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका जेठानलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण भएको बताएको छ । अध्यक्ष सुनिता बरालले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकार गठनमा सेटिङ मिलाइ दिएवापत प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको रुपमा नियुक्ति गरेकोप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन् ।

‘करिब ३ महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको परमादेशी सरकारले सो क्रममा सरकार गठनमा सेटिङ मिलाई दिएवापत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रीको रुपमा नियुक्ति गरेकोप्रति हाम्रो संंगठनको गम्भीर ध्यानाकर्षण भएको छ, यी र यस्ता घटनाबाट पनि जनादेश प्राप्त तत्कालीन एमाले सरकार विस्थापनमा भएको सेटिङको थप पुष्टि भएको छ, हामी यस्तो प्रकारको अलोकतान्त्रिक हर्कतहरु प्रति खेद प्रकट गर्दर्छौ,’ बराले भनेकी छिन् ।

साथै मन्त्रिपरिषद् विस्तारमा न्यायपालिका र प्रधानन्यायधीश जोडिनु अत्यन्तै दुखद र दुर्लभ घटना भएको बताउँदै अध्यक्ष बराले विवादित प्रधानन्यायधीशले नैतिकताको आधारमा राजीनामा दिनुको साथै नियुक्त उद्योग मन्त्रीलाई तत्काल बर्खास्त गरी लोकतान्त्रिक मूल्य मान्यता र स्वतन्त्र न्यायापालिकामाथिको विश्वास कायम राख्न माग गरेकी छिन् ।

अनेरास्ववियु अध्यक्ष बरालले जारी गरेको विज्ञप्तिः

राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको आन्दोलनमा निर्णायक भूमिका निर्वाह गर्ने अनेरास्ववियु, शैक्षिक आन्दोलनको नेता, लोकतान्त्रिक गणतन्त्रको योद्दा, सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार, रचनात्मक कृयाकलापको नेता संगठन हो । लोकतन्त्र र मानव अधिकार, सामाजिक न्याय सँगसँगै विद्यार्थी हकहित र अधिकार प्राप्तिका लागि निरन्तर जागरुक रहँदै उज्वल शैक्षिक भविश्य निर्माणका निम्ति समेत सदैव क्रियाशील रहेको संगठन हो ।

हामी स्वतन्त्र न्यायपालिका, मर्यादित व्यवस्थापिका र जनता प्रति उत्तरदायी कार्यकारी कार्यपालिका सहितको शक्ति पृथकीकरणको मान्यतामा विश्वास गर्दछौ । तत्कालीन जननिर्वाचित एमाले नेतृत्वको लोकप्रिय सरकारलाई विस्थापन गर्न षड्यन्त्र बुन्दादेखि नै कांंग्रेस नेतृत्वको गठबन्धनले राज्यका सबै निकायहरुलाई उपयोग र विवादित बनाउने प्रयत्न गरेको सर्वविदितै छ । देशको न्यायपालिका लगायतका स्वतन्त्र निकायहरूलाई जबरजस्ती राजनितिको दाउपेचमा जोड्दै सेटिङ गर्न सफल भई परामादेशबाट गठन गरेको सरकार र यो अपवित्र गठबन्धनले राजनितीको न्युनतम मूल्य मान्यताहरु श्रृंखलाबद्ध रुपमा भत्काउदै आइरहेको छ । जसले गर्दा आमजनताहरूमा स्वतन्त्र न्यायपालिकामाथि नै अनेक प्रकारका आशंकाहरू उत्पन्न भएका छन् ।

यसै सन्दर्भमा करिब ३ महिनासम्म मन्त्रिपरिषद्‌लाई पूर्णता दिन नसकेको परमादेशी सरकारले सो क्रममा सरकार गठनमा सेटिङ मिलाई दिए वापत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको रुपमा नियुक्ति गरेकोप्रति हाम्रो संंगठनको गम्भीर ध्यानाकर्षण भएको छ । यी र यस्ता घटनाबाट पनि जनादेश प्राप्त तत्कालीन एमाले सरकार विस्थापनमा भएको सेटिङको थप पुष्टि भएको छ । हामी यस्तो प्रकारको अलोकतान्त्रिक हर्कतहरूप्रति खेद प्रकट गर्दर्छौं ।

साथै मन्त्रिपरिषद् विस्तारमा न्यायापालिका र प्रधानन्यायधीश जोडिनु अत्यन्तै दुःखद र दुर्लभ घटना हो । तसर्थ विवादित प्रधानन्यायधीशले नैतिकताको आधारमा राजीनामा दिनुको साथै नियुक्त उद्योग मन्त्रीलाई तत्काल बर्खास्त गरी लोकतान्त्रिक मूल्य मान्यता र स्वतन्त्र न्यायापालिकामाथिको विश्वास कायम राख्न जोडदार माग गर्दछौं ।

हार्दिक अभिवादनसहित।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल