Logo

राजनीति

देउवा सरकारलाई अनेरास्ववियुको चेतावनी, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरामा तत्काल सुपरिवेक्षक र गणक पठाइयोस्’



काठमाडौं – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि जनगणना गर्न माग गरेको छ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्तिमार्फत् कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक र गणकहरू पठाउँदै हाम्रो नेपाली भू–भागमा जनगणना कार्य तत्काल अगाडि बढाउन हामी जोडदार माग गरेकी छिन्।

बरालले केपी ओली नेतृत्वको सरकारले ती क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको भए पनि अहिलेको सरकारले ती ठाउँमा अहिलेसम्म गणकहरू नपठाएकोप्रति गम्भीर असहमति जनाएकी छिन्।

‘पूर्ववर्ती सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समेट्ने जस्तो महत्त्वपूर्ण कार्य गर्दा पनि वर्तमान सरकारले उक्त नेपाली भुमीमा गणकहरूसमेत अहिलेसम्म नपठाएको विषयप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

‘सन् १८१६ मार्च ४ मा ब्रिटिश, भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्ताबेजहरूले समेत उक्त क्षेत्र नेपालको भएको पुनर्पुष्टि गर्दा समेत यो परमादेशी सरकारले उक्त क्षेत्रको जनगणनाका विषयमा गाम्भीर्यता नदेखाउँदा सरकारको नियतमाथि नै प्रश्न उठेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक र गणकहरू पठाउँदै हाम्रो नेपाली भू–भागमा जनगणना कार्य तत्काल अगाडि बढाउन हामी जोडदार माग गर्दछौं।’

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल